१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘सी’ डिभिजन लिग : मनोहरा युनाइटेडको विजयी सुरुआत

काठमाडौं – मनोहरा युनाइटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार जित निकाल्दा वीरगञ्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा मनोहरा युनाइटेडले ओएसिस क्लबलाई ३–२ ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको हो। ओएसिसले सरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा मनोहरासँग स्तब्ध हुन पुग्यो। 

ओएसिसका लागि भरत गुरुङले १२औं मिनेटमा गोलको खाता खोलेका थिए भने ५६औं मिनेटमा प्रकाश पुनको गोलबाट अग्रता दोब्बर पा¥यो। दुई गोल पछि परे पनि निकै संयमित भएर खेलेको मनोहराले ८२औं मिनेटमा दिनेश राईको गोलबाट खेलमा फर्किने संकेत देखाएको थियो। 

इन्जुरी समयमा दिनेशले नै गोल गर्दै खेल बराबरीमा ल्याए। ८०औं मिनेटसम्म अग्रता लिएको ओएसिसले इन्जुरी समयमा दोस्रो गोल खान पुग्यो। साइमोन लिम्बुले पेनाल्टीबाट गोल गर्दै मनोहराको जित सुनिश्चित गरे।  जितसँगै मनोहराले उत्कृष्ट पुनरागमन गर्दै लिगमा विजयी सुरुआत गरेको छ। 

शुक्रबारै सम्पन्न अर्को खेलमा पनि वीरगञ्जले सुरुआती मिनेमा लिएको अग्रतालाई अन्तिम ३० मिनेट कायम राख्न नसक्दा अंक बाँड्न बिवस भयो। पहिलो मिनेटमा नै वीरगञ्जका लागि कृपा महतोले सुरुआती गोल गरेका थिए भने समाज कल्याण खेलकुद केन्द्रका लागि सुर्गित मगरले ६२औं मिनेटमा गोल फर्काए। बाँकी सयमा दुवै टोली जितका लागि आक्रामक देखिए पनि गोल हुन सकेन र अंक बाड्दै पहिलो खेल सकाए। 

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App