१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

दसैंको टिका र जमरा लगाउँदै मधेशी समुदाय । अहिले पहाडी समुदायहरुले मात्र लगाउँदै आएको दसैंको टिका र जमरा मधेशमा पनि साझा बन्दै गइरहेको छ । तस्बिर रासस

काठमाडौँ-आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । 

आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् । 

बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए । 

उपत्यकामा चहलपहल बढ्यो 

दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ ।

सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे । 

सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ—आफ्नो गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ । 

उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ । टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रासस 

प्रकाशित: २५ आश्विन २०७३ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App