१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिवन्ध

काठमाडौं  - घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाइ विदेश जान प्रतिबन्ध लगाइएको छ। चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए। पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो। पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन्। ‘उहाँमाथि छानबिन भइरहेको छ,’ दंगालले भने।

घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो। ‘उनी विदेश भाग्न नसकुन् भनेर अध्यागमन विभाग र विमानस्थल प्रहरीलाई उनको निगरानी राख्न निर्देशन दिइएको छ,’ स्रोतले भन्यो। अध्यागमन विभागले अनुसन्धानको दायरमा रहेका कलेजका सञ्चालक लाम्बोदर न्यौपाने, विचौलिया ज्ञानेन्द्र झा र अन्य शंकास्पद व्यक्तिमाथि पनि निगरानी गरिरहेको उच्च स्रोतले जनायो। ‘अनुसन्धानको दायरामा रहेका सबैजना विदेश भाग्नसक्ने आशंकामा निगरानिमा राख्न अध्यागमन विभाग र सम्बन्धित निकायलाइ निर्देशन दिइसकिएको छ,’ अख्तियार स्रोतले नागरिकसँग भन्यो।

अख्तियार भावी प्रमुखका दाबेदार ठानिएका पाठक घुस प्रकरणमा फसेपछि फागुन ३ मा राजीनामा दिए। पाठकले आफू अख्तियार प्रमुख भएपछि सबै समस्या समाधान गरिदिने भन्दै भिडियो सार्वजनिक नगर्न प्रहरीदेखि माओवादी कार्यकर्तालाई परिचलान गरेका थियो। यस क्रममा महानगरीय प्रहरी अधिकारीदेखि उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलगायत घटनामा संलग्न माओवादी कार्यकर्तामाथि बयान लिने तयारी भइरहेको छ भने अध्यागमनले चाँगुनारायण कलेजका सञ्चालक लाम्बोदर न्यौपाने, विचौलिया ज्ञानेन्द्र झा र अन्य शंकास्पद व्यक्तिमाथि निगरानी गरिरहेको छ।

कलेजका सञ्चालक न्यौपानेसँग अस्ट्रेलियाको पिआर, स्थायी बसोबास अनुमति रहेको सूचना आएपछि उनलाई पनि विदेश भ्रमणमा रोक लगाइएको स्रोतले जानकारी दियो। घुस प्रकरणबारे अनुसन्धानका क्रममा अख्तियारले लेनदेनमा विचौलियाको भूमिकामा संलग्न ज्ञानेन्द्र झासँग बयान लिइसकेको छ भने घुस लिएको अडियो भिडियो रेकर्ड गर्ने र कलेज सञ्चालकमाथि बयानको प्रक्रिया अघि बढाएको छ। भावी अख्तियार प्रमुखका बलिया दाबेदार ठानिएका पाठकले घुस प्रकरणमा फसेपछि फागुन ३ मा पदबाट राजीनामा दिएका थिए। उनले सुरुमा कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै घुस लिए पनि स्वामित्वको विवाद नमिलेपछि उनीसँग असन्तुष्ट पक्षले भिडियो सार्वजनिक गरिदिएको थियो। पाठकले आफू अख्तियार प्रमुख भएपछि सबै समस्या समाधान गर्ने भन्दै भिडियो सार्वजनिक नगर्न दबाब दिँदै आएका थिए। यसका लागि उनले प्रहरीदेखि माओवादी कार्यकर्तालाई समेत प्रयोग गरेका थियो। अख्तियारले पाठकको भिडियो डिलिट गर्न दबाब दिने महानगरीय प्रहरी अधिकारीदेखि उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलगायत घटनामा संलग्न माओवादी कार्यकर्तामाथि समेत बयान लिने तयारी भइरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App