१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘अदालत’ र ‘खाग’

काठमाडौं - शुक्रबारदेखि हलमा दुई फिल्म ‘अदालत’ र ‘खाग’ प्रदर्शन हुँदैछन् । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’मा लेखन तथा निर्देशन दिनेश लिङ्देनको छ । निर्देशक दिनेशका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरूलाई विषयबस्तु बनाएको छ । फिल्ममा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दीपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खड्काको अभिनय छ । 

फिल्ममा रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ । बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा मेखबहादुर मगर सहनिर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई निर्मात्री छिन् । 

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक वार्डेन कमलजंग कुँवरको संघर्षको कथामा रहेर निर्माण गरिएको फिल्म ‘खाग’मा मनोज पण्डितको निर्देशन छ । निर्देशक पण्डितले कुँवरले लेखेको ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधाआधी आधारित फिल्म साहित्य नभई संघर्षको कथा रहेको बताए । प्रमिला कुँवरको निर्माण रहेको फिल्ममा पुष्कर गुरुङ, आशान्त शर्मा, आर्जेश रेग्मी, नरेन्द्र बराल, सृजना अधिकारीलगायतको अभिनय छ ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App