१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दसैंको शुभकामना दिँदै अर्थमन्त्री महराले भने: संविधान कार्यान्वय मुख्य जिम्मेवारी

काठमाडौ- उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दसैंको शुभकामना दिँदै संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।

'अहिले हामी संविधान कार्यान्वनको दिशामा छौं। समय भित्रै निर्वाचन गराउनु पर्ने हाम्रो जिम्मेवारी छ', उनले भनेका छन्,  'भूकम्प पछिको पूननिर्माण र राहत हाम्रो अर्को मुख्य जिम्मेवारी हो। हामीबीचको एकता र सहकार्यले यी र यस्ता जिम्मेवारी पुरा गर्न प्रेरणा दिइरहने छ।'

महराले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको बताउँदै  चाड पर्व र संस्कृतिहरुले समाजलाई एकताको सुत्रमा हिडाउन मदत गर्ने उल्लेख गरेका छन्। सांस्कृतिक धरोहरका रुपमा रहेका हाम्रा पर्वहरुले नेपालीहरुबीच मजवुत एकता निर्माण गराउन सहयोग गर्ने महराले विश्वास ब्यक्त गरेका छन्।

 

प्रकाशित: २५ आश्विन २०७३ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App