१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव समूहका नेता काठमाडाैँबाट पक्राउ

काठमाडौं - प्रहरीले विप्लव समूहका एक नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा सो समूहका नेता केदार खतिवडालाई पक्राउ गरेको हो।

महाशाखाको टोलीले बुधबार काठमाडौंको नयाँबजारबाट खतिवडालाई पक्राउ गरेको जनाएको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार खतिवडा ललितपुर बम विस्फोटमा संलग्न भएको आशंकमा पक्राउ गरिएको हो।

पक्राउ परेका खतिवडा पोलिटब्यूरो सदस्य भएको प्रहरीको दावी छ। यसअघि उनी अखिल क्रान्तिकारीका नेता थिए। नख्खुमा भएको बम बिस्फोटमा परेर लम्जुङका मिप्रसाद गुरुङले ज्यान गुमाएका थिए भने दुई जना घाइते भएका थिए। बुधबार साँझ पनि प्रहरीले काठमाडौबाटै सोही समूहका केन्द्रीय सदस्यलाई पक्राउ गरेको थियो। कमलपोखरीस्थित आगन रेष्टुरेण्टमा बम राखेको अभियोगमा उनलाई पक्राउ गरेको हो। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित: २४ फाल्गुन २०७५ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App