१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साताव्यापी योग शिविर हुने

काठमाडौं – मनोक्रान्ति केन्द्रका योग गुरु योगी विकासानन्दले टुँडिखेलमा योग तथा जीवनशैली परिवर्तन शिविर सञ्चालन गर्ने भएका छन्। शिविर फागुन २६ देखि एक सातासम्म चल्नेछ। शिविर प्रतिदिन दुई घण्टा सञ्चालन हुनेछ। शिविरमा प्रवेश निः शुल्क छ।

उपत्यकाबाहिरबाट आउने सहभागीलाई केन्द्रले आवासको व्यवस्था गर्नेछ। शिविर योग, खुसी, अध्यात्म र स्वास्थ्य गरी ४ विषयमा केन्द्रित हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका योगी विकासानन्दले बताए।

पछिल्लो समय मानिसको जीवनमा आएको परिवर्तन, प्रदूषित वातवरण, अप्राकृतिक जीवनशैलीका कारण नसर्ने रोगमा वृद्धि भएकाले शिविरमा स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गरिने उनले बताए। उनले भने,‘अब जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ। योग, सामाजिक जीवन, मनोरन्जनका लागि समय व्यवस्थापन गरेर रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ। नसर्ने रोगको उपचार आधुनिक चिकित्सा विज्ञानबाट सम्भव नभएकाले चार कुराको साधनाबाट सम्भव हुनेछ।’

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App