१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्याङ्जाकाे हाेटलमा युवक मृत भेटिए

वालिङ- स्याङ्जा सदरमुकामस्थित आले होटलमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएको छ । विगत दुई दिनदेखि सोही होटलमा बस्दै आएका अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मजदुर काम गर्दै आएका युवक राति खाना खाएर सुतेको र बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए ।

उनले ट्र्याक्टर तथा ट्रकमा मजदुरी गर्दै आएको बताइएको छ । शवको सनाखत हुन सकेको छैन । रासस

 

प्रकाशित: २४ आश्विन २०७३ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App