१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण एसियाली शारीरिक सुगठन असारमा

काठमाठौं - नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा नेपालमा १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप आगामी वर्षको असारमा हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलनमार्फत नेपालले तेस्रो पटक दक्षिण एसियाली शारीरिक सुगठनका रूपमा १३औं संस्करण असारमा गर्न लागेको हो । उक्त च्याम्पियनसिप असार ६ र ७ गते प्रज्ञा भवन कमलादी आयोजना गर्ने संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।

विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव एवं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका अध्यक्ष दातुक पाउल चुआ र एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव चेतन पाठरेको समेत उपस्थितिमा पत्रकार सम्मेलन गर्दै संघले दक्षिण एसियाका आठै राष्ट्रको सहभागितामा च्याम्पियनसिप गर्न लागेको जनाएको हो । 

कुल १३ तौलसमूहमा हुने च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठन विधामा पुरुष ५५ केजी तौलसमूह, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सोभन्दामाथि प्रतिस्पर्धा हुनेछन् । यसै च्याम्पियनसिपमा संघले पहिलो पटक शारीरिक सुगठन विधाको पुरुष फिटनेस फिजिक्समा १ सय ७० सिएमसम्म र १७० सिएममाथि उचाइ तथा महिलातर्पm १ सय ६५ सिएम र १ सय ६५ सिएमभन्दा माथिको उचाई समूह गरी कुल १३ विधामा खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् ।

आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका करिब १ सय ५० खेलाडी सहभागिता रहनेछ । उक्त च्याम्पियनसिपका लागि नेपालले छनोट चरणमार्पmत खेलाडीलाई तयारीमा राख्नेछ । काठमाडौंमा आगामी वैशाख २० र २१ गते हुने सातौं मिस्टर हिमालय प्रतियोगिताबाट खेलाडीको छनोट गरिने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी गराए । 

सोही पत्रकार सम्मेलनका अवसरमा विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव एवं एसियन महासंघका अध्यक्ष दातुक पाउल चुआ र एसियन महासंघका महासचिव पाठरेले १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए । च्याम्पियनसिप आयोजना गर्न कुल ४० लाख अनुमानित खर्च हुने संघले जनाएको छ ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App