१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘विप्लव’ विरुद्ध मुद्दा दायर, गाउँपालिकाको गाडीमा आगजनी

आगलागीमा परेको गंगादेब गाउँपालिकाले प्रयोग गर्दै आएको गाडी। तस्बिर : नागरिक

रोल्पा - रोल्पाको गंगादेव गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्किङ गरिराखेको भे १ च २७८५ नम्बरको बोलेरो जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। गाउँपालिकाले उक्त गाडी भाडामा लिएर अध्यक्ष खत्रीले प्रयोग गर्दै आएका थिए। आगोले गाडी पूर्णरूपमा क्षति भएको छ। घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाको गाडीमा पनि गएराति तोडफोडको प्रयास भएको छ। अज्ञात समूहले ढुंगा प्रहार गर्दा गाउँपालिकाको बा २ झ ३६५२ नम्बर गाडीको सिसा फुटेको छ। अज्ञात समूहले आगजनी गरेको भनिए पनि विप्लव नेतृत्वको नेकपाले घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विरुद्ध रोल्पामा मुद्दा दायर भएको दिन राति नै घटना घटेको हो।

‘विप्लव’ बिरुद्ध मुद्धा दायर

यसैबीच नेता विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ताअघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लवसहित जिल्लास्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर गरेको छ।

रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार टावरमा आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउसमेत गरिएको छ। ‘विभिन्न स्थानबाट नेकपाका तीनजनालाई पक्राउ गरिएको छ।’ प्रनाउ खड्काले भने ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदामाथि क्षति पु¥याएकाले पक्राउ गर्नु परेको हो।’ रोल्पा मै जन्मिएका विप्लवसहितलाई जिल्लामा मुद्दा दायर गरिएको यो पहिलो हो। बम बिस्फोटमा आदेश दिएको भन्दै विप्लवविरुद्ध मुद्धा दायर गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App