१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रेशम चौधरीको सांसद पद नरहने

काठमाडौं - कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीको सांसद पद नरहने भएको छ। संविधानको धारा ८७ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद सदस्य हुन नपाउने व्यवस्था छ। त्यस्तै, संविधानको धारा ८९ को खण्ड ९ख० मा धारा ८७ बमोजिम योग्यता नभएमा पनि सांसद सदस्यको स्थान रिक्त रहने उल्लेख छ।

संविधानविद् भीमार्जुन आचार्यले कैलाली जिल्ला अदालतले नैतिक पतन हुने फौजदारी आभियोजमा जन्मकैद सुनाएकाले संविधानको धारा ८७ र ८९ बमोजिम चौधरीको सांसद पद नरहने बताए। उनले भने, ‘पुनरावेदन गर्ने अधिकार भए पनि उनको सांसद पद रहँदैन।’ पुनरावेदन गरेपछि पुनरावेदन गरिएको अदालतबाट निर्दोष ठहरेमा सो बेलासम्म कैलाली १ मा उपनिर्वाचन भएन भने उनी पुनः सांसद बन्न सक्ने उनले बताए। ‘प्रतिनिधिसमा नियमावलीको नियम २ सय ४४ को उपनियम९४० कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ भन्ने उल्लेख छ। तर संविधानले स्पष्ट गरेकाले संसद नियमावलीले यसलाई काट्न सक्दैन,’ उनले भने।

सत्तारुढ दलका तर्फबाट राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले भने जिल्ला अदालत कैलालीको फैसला बमोजिम चौधरीलाई सांसदको कुनै पनि सुविधा प्राप्त हुँदैन तर सांसद पद रहने बताए। २०७२ साल भदौ ७ गते नेपाल प्रहरीका एसएसपी सहित ८ जना र एक बालक सहित ९ जनाको मृत्यु भएको थियो। तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली जिल्ला १ बाट चौधरी प्रत्यक्ष निर्वाचित भएका थिए। २०७२ सालको टीकापुर घटनाको योजनाकार रहेको आशंकामा प्रहरीले खोजी गरेपछि उनी फरार थिए।

फरारकै अवस्थामा प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट टिकट पाई सांसदमा निर्वाचित भएपछि वारेसमार्फत प्रमाणपत्र पाउँ भनी सर्वोच्चमा निवेदन दिएका थिए। तर सर्वोच्चले यसलाई अस्वीकार गरेपछि उनी गत सालको फागुन १३ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई हिरासतमा लिइएको थियो अहिले उनी डिल्लीबजारस्थित कारागारमा छन्। फौजदारी अभियोगमा कारागरामा रहेकै अवस्थामामा कानुनलाई चुनौति दिदै उनलाई सपथ गराइएको थियो। निर्वाचित भएको १३ महिनापछि गत पुस १९ गते सभामुख कृष्णबहादुर महराले सांसद सदस्यको शपथ गराएका थिए। शपथ ग्रहणपछि उनले सांसदको प्रमाणपत्र समेत लिएका थिए। सत्तारुढ दललाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले चौधरीको शपथ नगराए सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको थियो। त्यसपछि उनको शपथ गराइएको हो। शपथग्रहणमा आएका चौधरीले आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका थिए।

प्रकाशित: २३ फाल्गुन २०७५ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App