१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा मापसे कडाइ

काठमाडौँ- उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ पारेको छ । उपत्यकाका विभिन्न ३५ पोष्टले दिउँसो र रातिको समयमा मापसे जाँच गरिरहेको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दसैँलाई लक्षित गरी मापसे जाँचमा कडाइ गरिएको छ । आइतबार मात्रै ९३ जनालाई नियन्त्रणमा लिइएको र आज सोही सङ्ख्यामा मापसे गर्नेलाई नियन्त्रणमा लिइएको छ ।

दसैँ र तिहारमा मादक पदार्थ सेवन गरी अनियन्त्रित तरिकाले सवारी साधन चलाउँदा सडक र सवारी दुर्घटना बढी हुने भए पनि ट्राफिकले पछिल्ला हरेक वर्ष महत्वपूर्ण पर्वका बेला ट्राफिक नियमलाई कडाईका साथ लागू गर्दै आएको छ ।

अहिलेसम्म उपत्यकामा चार-पाँचवटा सामान्य प्रकृतिका सवारी घटनाबाहेक गम्भीर प्रकृतिका घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित: २४ आश्विन २०७३ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App