१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधवार अपराह्न बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए।

टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा अध्यक्ष मण्डलको आकस्मिक बैठक बसेको थियो।

मधेस आन्दोलनमा झुटा मुद्दा लगाइएकालाई मुद्दा फिर्ता, घाइतेको उपचार, संविधान संशोधनलगायत विषयमा सरकारले चासो नदिएको भन्दै राजपाले समर्थन फिर्ता लिएको हो।

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न भएको आरोपमा सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको घटनाले राजपालाई स्तब्ध र मर्माहत बनाएको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बहुमत प्राप्त सरकारले निर्मला पन्तको हत्यार पत्ता लगाउन नसकेको, एक वर्षमा शान्ति सुरक्षा कायम गर्न असफल भएको लगायत आरोप लगाएको छ। 

यस्तै, राजपाले शोषण, उत्पीडन र विभेदका विरुद्धमा पहिचनावादी शक्ति र समूहलाई राजपाले मोर्चाबन्दी र सहकार्यका लागि आह्वानसमेत गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App