१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुममा बस दुर्घटना : २६ घाइते, तीन जनाको अवस्था गम्भीर

रुकुम-राप्ती राजमार्गको सल्यानमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुम (पश्चिम) आउँदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

सल्यानको शारदा नगरपालिका १ चैवाङ्ज्युला नजिकै ना४ख ५३६३ नम्बरको बस दुर्घटना भएको हो। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

दुर्घटनामा सल्यान शारदा नगरपालिका १२ का ५० बर्से राजकुमार बिक, बागचौर नगरपालिका ७ की ३० वर्षीया रिता शर्मा, सोही ठाउँकी २८ वर्षीया प्रतिमा बुढाथोकी, वडा नम्बर ८ का ३२ बर्से केशर विक, १ का ३१ बर्से हेमराज बुढामगर रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै कुमाख गाउँपालिकाका २२ बर्से राकेश विक, सिद्धकुमाख गाउँपालिका २ का ६८ वर्षीय गंगाराम बुढाथोकी, वडा नम्बर ३ का २६ बर्से रमेश परियार, दार्मा गाउँपालिका ५ का २५ वर्षीय खुमराज खड्का, शारदा नगरपालिका ९ का खिमबहादुर परियार पनि घाइते भएको उनले बताए ।

बस दुर्घटना हुँदा रुकुम (पश्चिम) मुसीकोट नगरपालिका ५ का १६ वर्षीय जनमाया परियार, सोही ठाँउकी १६ वर्षीय गितु परियार, वडा नम्बर १ का १८ वर्षीय रमेश बिक, खलंगाका अमर परियार, आठबिसकोट नगरपालिका ६ का २० वर्षीया माया परियार, सोही ठाँउका ४० वर्षीया बिमला परियार, वडा नम्बर ३ का १८ वर्षीय यमराज नेपाली, बाँफिकोट ३ का २२ बर्से मदन केसीलगायत व्यक्ति पनि घाइते भएका डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए।

घाइतेमध्ये राजकुमारलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने बाँकी सबैको श्रीनगर र जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको बताइएको छ। गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले खुलाएको छ। बस सडकबाट करिब १३ मिटर तल खसेको थियो।

गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उक्त सडक खण्डमा केही दिनअघि पनि दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए। 

प्रकाशित: २२ फाल्गुन २०७५ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App