१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रेशम चौधरीको पद के हुन्छ ?

काठमाडौं- नौ जनाको ज्यान जाने गरी तीन वर्ष अघि भएको टीकापुर घटनामा दोषी भएसँगै सांसद रेशम चौधरीको पद रिक्त हुने भएको छ।

नेपालको संविधान २०७२ को धारा ८७ (ग) अनुसार नैतिक पतन देखिने फौजदारी कसूरमा सजायँ पाएको व्यक्ति संसद हुन सक्दैन।

चौधरीलाई आज मात्रै कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामामा जन्म कैदको सजायँ सुनाएको थियो। 

टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपीसहित ९ जनाको हत्या भएको थियो। सो घटनामा कैलाली जिल्ला अदालतले फैसला गर्दै ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्ष कैद र तीन जनालाई सफाइ दिएको हो।

 

 

 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App