१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रत्नको स्वास्थ्य विग्रिएपछि पूर्वराजाको भ्रमण स्थगित

काठमाडाैं - पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको तराईका जिल्लाको भ्रमण कार्यतालिका स्थगित भएको छ। पूर्व मूमा वडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्यमा समस्या देखा परेपछि भ्रमण स्थगित भएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ।

पूर्वराजा ज्ञानेन्द्रको धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लाको बुधबारबाट भ्रमण गर्ने कार्यतालिका रहेको थियो। भ्रमण सम्बधि अर्को जानकारी पछि प्रकाशित गरिने सचिवालयले जानकारी दिएको छ। रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७५ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App