१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौँ-नेपाली सेनाद्वारा दसँैंका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका लागि आठ गाडी सञ्चालन गरिएको छ । सो गाडीले नवमी र दसँैका दिन मध्याह्न १२ र साँझ ४ बजे दुई ट्रिप तथा एकादशीका दिन बिहान ६ बजे सेवा थप गरी तीन ट्रिप यात्रु ओसार्ने छ । उक्त सेवा अन्तर्गत पहिलो मार्गमा माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कमा सेवा सञ्चालन गरिएको छ ।

दोस्रो मार्गमा भद्रकाली, जमल, नारायणगोपालचोक, बुढानीलकण्ठ, बालाजु, सोह्रखुट्टे, कान्तिपथ हुँदै माइतीघर छ । तेस्रो मार्गमा माइतीघर, कलङ्की, थानकोट, स्वयम्भू, छाउनी, ताहाचल, टेकु हुँदै थापाथली तथा चौथामा माइतीघर, तीनकुने, गौशाला, जोरपाटी, नारायणगोपालचोक, लाजिम्पाट हुँदै कान्तिपथ छ ।

पाँचौँमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, सातदोबाटो, कोटेश्वर, चापागाउँ, तीनकुने, बानेश्वर र सहिदढोका छ । छैटौँमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदढोका र रत्नपार्क छ । सातौँ मार्गमा चल्ने बस माइतीघर, कोटेश्वर, सूर्यविनायक हुँदै सोही मार्ग भई माइतीघर फर्कने छ । आठौँ मार्गका रुपमा सहिदढोका, कालीमाटी, छाउनी, स्वयम्भू, गङ्गबु, सामाखुसी हुँदै रत्नपार्क क्षेत्र रहेको छ ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दसैँका समयमा यात्रुलाई सेवासुविधा पु¥याउनका लागि निःशुल्क बससेवा सञ्चालन गरिएको जानकारी दिए । एउटा गाडी ३० देखि ४० यात्रु क्षमताको रहेको छ । रासस

प्रकाशित: २४ आश्विन २०७३ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App