जिप दुर्घटनामा दुईको मृत्यु

मङ्गलबार, २१ फागुन २०७५, १६ : ५६ नागरिक

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

तनहुँ बन्दीपुर गाउँपालिका–३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नं को जीप पृथ्वीराजमार्गबाट अन्दाजी ३० मिटर तल खस्दा दुर्घटना भएको हो। 

दुर्घटनामा सोही ठाउँका ६० वर्षीया बेलीसरा थापा, ३५ वर्षीया मीरा थापा, ३५ वर्षीया लक्ष्मी पन्त, ५३ वर्षीय दलबहादुर सुनारी मगर, ६२ वर्षीय ओमबहादुर थापा, ५९ वर्षीया देवीमाया थापा, १८ वर्षीया खुममाया थापा, ३६ वर्षीय घनश्याम थापा, ३१ वर्षीया सावित्री थापा, ३२ वर्षीय कुमार बस्याल र ६५ वर्षीय होमबहादुर थापा घाइते भएका छन्। 

घाइतेको सबैको रत्नहरि र दमौली अस्पतालमा उपचार भइरहेको छ। जिपको अगाडिको टायर पड्किएर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad