१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जिरीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं – दोलखाको जिरी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम भएको छ।  जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई तालिम दिएको हो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यमा वित्तीय साक्षरता कार्यक्रम भएको बैंकले जनाएको छ।
कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ अवस्था, चुनौती, समाधानका उपाय एवं अवसरका बारेमा प्रस्ट पारेका थिए। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बैंकिङ साक्षरता कार्यक्रमअन्तर्गत बैंक तथा वित्तसम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिएका दिए।

उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायत समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App