एउटा बुँदा हटाउँदा ५ हजार कर्मचारी ‘तनाव’मा

मङ्गलबार, २१ फागुन २०७५, ०७ : ४७ भुवन शर्मा

काठमाडौं - प्रशासन कानुन मस्यौदामा एउटा बुँदा हटाउँदा एकैपटक करिब ५ हजार कर्मचारी ठूलो मर्कामा पर्ने भएका छन्। मर्कामा पर्ने कर्मचारीमध्ये धेरैजसोले संघीय निजामती सेवा ऐन २०४ लागू हुनुअघि नै राजीनामा गर्ने तयारी गरेका छन्। हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा निवृत्तीभरणसम्बन्धी व्यवस्था गरिएको एउटा बुँदा संसद्मा प्रस्तुत गरिएको संघीय निजामती सेवा ऐनको मस्यौदामा हटाइएपछि त्यसबाट करिब ५ हजार कर्मचारी प्रभावित हुने भएका हुन्।

निजामती सेवा ऐन २०४९ को दफा ३७ मा २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीको हकमा ३० वर्ष सेवा अवधि पूरा गरी ५० वर्ष पुगेका कर्मचारी स्वेच्छाले अवकाश लिन चाहेमा त्यस्ता कर्मचारीलाई ६० वर्ष काम गरेको सरह अवधि मानिने छ भनिएको छ। ६० वर्ष अवधि सरह काम गरको काम गरेको मानी त्यस्ता कर्मचारीले सो आधारमा निवृत्तीभरण लिन पाउने व्यवस्था निजामती सेवा ऐन २०४९ मा गरिएको छ। यो व्यवस्था हाल संसदीय समितिमा प्रस्तुत गरिएको संघीय निजामती सेवा ऐनको मस्यौदमा हटाइएको छ।

निजामती ऐनमा यस्तो व्यवस्था लागु गर्दा २०४९ कात्र्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारी जसले ३० वर्ष सेवा अवधि पूरा गरेका छन, ती कर्मचारीहरूले अनिवार्य अवकाशको उमेर (५८) वर्षसम्म नपुग्दै स्वेच्छाले राजिनामा गर्न चाहेमा त्यस्ता कर्मचारीलाई ६० वर्षसम्म सेवा अवधि गरेको मानी निवत्तभरण लिन पाउने सुविधा दिइएको छ। यसबाट ५८ वर्ष अघि नै राजिनामा गर्ने सोच बनाएका कर्मचारीलाई ठूलो राहत मिल्छ। यस्तो व्यवस्था ३० वर्ष सेवा अवधि पूरा गरेका तर कारणवश ५८ वर्षअघि नै राजीनामा गर्ने सोच बनाएका कर्मचारीलाई हरेक महिना २ हजार ५ सय देखि ३ हजार रूपैयाँसम्म निवृत्तीभरणमा थप हुन्छ। तर संघीय निजामती सेवा ऐन २०७५ प्रमाणीकरण भएमा यस्तो सुविधाबाट २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारी वञ्चित हुनेछन्।

कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा कर्मचारीको सेवा अवधि, खाइपाई आएको अन्तिम तलब स्केल र अवकाश उमेर सीमालाई आधार मानिन्छ। अवकाश उमेर अवधि ६० वर्ष मान्दा कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा हरेक महिना केही रुपैयाँ थप हुन्छ। तर अवकाश उमेर अवधिलाई ६० वर्ष नमान्दा उसले पाउने सुविधा तुलानात्मक रूपमा कम हुन्छ।

कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा कर्मचारीको सेवा अवधि, खाइपाई आएको अन्तिम तलब स्केल र अवकाश उमेर सीमालाई आधार मानिन्छ। अवकाश उमेर अवधि ६० वर्ष मान्दा कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा हरेक महिना केही रुपैयाँ थप हुन्छ। तर अवकाश उमेर अवधिलाई ६० वर्ष नमान्दा उसले पाउने सुविधा तुलानात्मक रूपमा कम हुन्छ। संघीय निजामती सेवा ऐन २०७५को मस्यौदामा यस्तो व्यवस्था हटाउँदा ५ हजारभन्दा बढी कर्मचारी प्रभावित हुने आधिकारिक टे«ड युनियनका उपाध्यक्ष भोला पोखरेलले बताए। उनले भने, ‘यो भनेको सरकार र आधिकारिक टे«ड युनियनवीच गरिएको सहमतिको उल्लंघन हो। हामीसँग सम्झौता गर्दा सरकारले कर्मचारीले खाइपाई गर्दै आएको सेवा, सुविधामा कटौती गरिने छैन भनी सहमति गरेको छ।’ आधिकारिक टे«ड युनियनसँग गरिएको सहमति कार्यान्वयन हुनुपर्ने उनको माग छ। उनले भन्छन्, ‘संघीय निजामती सेवा ऐनको मस्यैदामा यस्तो व्यवस्था हटाउँदा ५ हजार कर्मचारी प्रभावित हुन्छन। त्यसमध्ये धेरैजसो कर्मचारीले एकैपटक राजीनामा गर्ने सोच बनाउँछन्।’

निवृत्तीभरण पाउने सुविधामा हरेक महिना २ हजार ५ सय देखि ३ हजार रुपैयाँ थपघट हुने भएमा २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीमध्ये एकैपटक ठूलो संख्यामा कर्मचारीले राजीनामा गर्ने सोच बनाएको निजामती कर्मचारी युनियन (संघ)का सचिव नवराज पाण्डले बताए। उनले भने, ‘हामीले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा पनि खाइपाई आएको तलब, भत्ता सुविधामा कटौती नगर्न प्रस्ताव गरेका छांै।’ संसद्मा प्रस्तुत संघीय निजामती सेवा ऐन २०७५ बिना परिमार्जन पारित भएमा कर्मचारीले खाइपाई आएको सुविधामा कटौती हुने उनले बताए।

यसैगरी, नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरले संसद्मा प्रस्तुत गरिएको संघीय निजामती सेवा ऐनको मस्यौदमा सच्च्याउनु पर्ने माग राख्दै उनले भने, ‘सरकारले यसलाई सच्च्याएन भने संघीय निजामती सेवा ऐन पास हुनु अघि नै प्रत्येक दिन ठूलो संख्यामा २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीमध्ये धेरैजसो कर्मचारीले राजीनामा गर्नुपर्ने स्थिति आउँछ।’ सरकारले निजामती सेवा ऐन २०४९मा गरिएको व्यवस्थामा कर्मचारीले खाइपाई आएको सुविधालाई सरकारले कटौती गर्न नहुने धारणा उनले राखे।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad