१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोल्पा–नेपालगन्ज यात्रामा सास्ती नै सास्ती

पुल नहुँदा बीच बाटोमा वारिपट्टि ओरालेको सामान पारी पु¥याई अर्को गाडीमा राखिँदै। तस्बिर : विष्णु/नागरिक

डोल्पा - घरको आँगनबाटै गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुन्दा त्रिपरासुन्दरी नगरपालिका–१ की सुस्मिता श्रेष्ठ कम्ती खुसी भएकी थिइनन्। किनकि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै उनको वर्षौंदेखिको सडक यात्राको सपना पूरा हुँदै थियो। उनले हवाई टिकट रद्द गरेरै पहिलोपटक गाडीबाट नेपालगन्ज जाने निधो गरिन्। जिपमा भएभरका सामान राखेर त्रिपुरासुन्दरी–१ छलगाडबाट यात्रा थालिन्।

जिप गुडेको दुई घन्टापछि खदाङ पुग्दा सहचालकले भने, ‘तपार्इंको यात्रा सकियो झर्नुहोस्। पल्लोपट्टि अर्को जिप लागेको छ, त्यसैमा जानुहोस्।’ उनलाई भएभरको सामान बोकेर पल्लोपट्टि पु¥याउन हम्मेहम्मे प¥यो। जिप चढ्नुअघिको सबै उमंग सेलायो। त्यो यात्रा उनका लागि अत्यन्त कष्टकर बन्न पुग्यो। ‘दुई दिनमै नेपालगन्ज पुगिन्छ भन्ने सुनेकी थिएँ। जाजरकोट–नेपालगन्जमा सञ्चालन हुने ठूला बसहरूले मनपरी गर्दा तीन दिनको कठिन यात्रापछि मात्र गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेको भन्दै श्रेष्ठले गुनासो गरिन्। नेपालगन्जसम्म पुग्दा ६ ठाउँमा जिप फेर्नुपर्ने र सामान बोक्नुपर्ने झमेलाले उनलाई हवाई टिकट रद्द गरेकोमा ठूलो पश्चात्ताप भयो।

त्रिपुरासुन्दरी–४ रंगका श्रीकर्ण बोहरा पनि बीच बाटोमा जिप फेर्नुपर्ने झमेलाले आफूले जस्तै धेरै यात्रुले सास्ती बेहोर्नुपरेको बताउँछन्। डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएकोे औपचारिक उद्घाटन मंसिर ४ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेको भए पनि अहिलेसम्म सीधा यातायातको व्यवस्था नहुँदा डोल्पालीले अनेकन् सास्ती र चुनौती भोग्दै कष्टकर ढंगले यात्रा गर्दै आएका छन्।

१३ वटा पुल बन्नै बाँकी
डोल्पा–जाजरकोट सडकखण्डका विभिन्न स्थानमा १३ वटा पुल बन्न बाँकी छ। भेरी नदीलगायत अन्य खोलानालामा साना–ठूला गरी १३ वटा मोटरेबल पुल बन्न बाँकी छ। नेपालगन्ज–डोल्पाको सीधा यातायात सञ्चालन गर्न रुकुमको राडी ज्युलामा पर्ने भेरी नदी, जाजरकोटको दल्लीस्थित नलगाड खोला, जाजरकोटकै तल्लुबगरस्थित भेरी नदीमाथि पुल निर्माण गर्न बाँकी छ। यसैगरी डोल्पामा पर्ने करवगाड खोला, खदाङस्थित हरियापानी, चुँगाड खोला र छलगाड खोलामा पनि पुल बन्न थालेको छैन। त्रिपुरासुन्दरी–१ अन्तर्गत पर्ने गल्लीगाड र भेरी नदी तथा ठूलीभेरी नगरपालिका–८ मा पर्ने रूपगाड खोलामाथिको पुल गरेर पाँच ठूला र आठ स–साना गरी १३ वटा पुल निर्माण हुन बाँकी छ। जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने रिम्ना र चिसापानीमा भने पुल निर्माण कार्य सम्पन्न भइसकेको छ।

पुल निर्माणको माग
भेरी करिडोर नाम दिइएको जाजरकोट–डोल्पा सडक उत्तरी सीमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणी नाका बाँकेको जमुनाहा जोड्ने त्रिदेशीय रणनीतिक महŒवको सडक मानिन्छ। छिटोभन्दा छिटो सीधा यातायात सञ्चालन गर्न भेरी नदीमाथि र अन्य ठाउँमा निर्माण गर्नुपर्ने ठूला र ससाना मोटरेबल पुल निर्माण गर्न डोल्पालीले माग गरेका छन्।

मनपरी भाडा असुली
जाजरकोट–डोल्पा सडकखण्डमा सञ्चालित जिपहरूले यात्रुहरूबाट मनपरी भाडा असुल्दै आएका छन्। रुकुमको छरेबगरदेखि डोल्पाको खदाङसम्म सञ्चालित जिपहरूले यात्रुहरूबाट प्रतियात्रु सात सयका दरले भाडा असुल्दै आएका छन्। त्यसैगरी त्रिपुरासुन्दरी–५ र ६ मा पर्ने खदाङदेखि छलगाडसम्मको १६ किलोमिटरको दूरीमा प्रतियात्रु तीन सय ७५ भाडा तोकिए पनि पनि जिप सञ्चालकहरूले आफूखुसी गरेर पाँच सय रुपैयाँ असुली गर्दै आएको गुनासो श्रीकर्ण बोहराले गरे। छलगाडदेखि खदाङसम्म नगरपालिकाले तोकेको तीन सय ७५ भाडादरमा आफूहरूले प्रतियात्रु चार सयका दरले लिने गरेको बताए भए पनि प्रतियात्रु पाँच सयसम्म असुल्ने गरेको जिप सञ्चालक देवराज शाहीले स्वीकार गरे।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App