१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

यस्तो रह्यो पशुपतिमा शिवरात्री चहलपहल ( भिडियो )

भिडियो रिपोर्ट : बिश्वास खनाल

काठमाडौँ - आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट र बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिरको दर्शनको ब्यवस्था गरिएको थियो । यस्तै पशुपति क्षेत्र विकास कोषले मन्दिरको दर्शनका लागि ब्यवस्थापन सहज वनाएको दावी गरेपनि दर्शनार्थीहरुले भने हैरानी ब्यहोर्नु परेको वताए । 

पशुपति क्षेत्रमा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले पनि महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । त्यसो त पशुपति क्षेत्रमा रहेका साधुबावाहरुले पनि शिवरात्रीको रौनकता वढाएका थिए । 

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू शिवरात्रीको दिन नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्नाले मनोकांक्षा हुने जनविश्वास रहदै आएको छ ।

प्रकाशित: २० फाल्गुन २०७५ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App