१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानी काठमाडौँ प्रायः सुनसान

काठमाडौँ- दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । 

उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । 

कतारबाट दसैँका लागि घर फर्केका चितवनका विश्वास केसीले काठमाडौँका विभिन्न स्थानमा आवतजावत गर्न समस्या परेको बताए। 

अनामनगरमा ट्याक्सीको पर्खाइमा रहनुभएका उनले दुई घन्टासम्म पनि सवारी साधन नपाएको गुनासो पोखे । 

उपत्यका छोड्ने सर्वसाधारणभन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ । 

उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रु उक्त सेवाको पहुँचमा नभएको बुझिएको छ । 

अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि आवतजावतमा असहज भएको मध्यबानेश्वरका सन्दीप थापाले बताए। रासस 

प्रकाशित: २३ आश्विन २०७३ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App