१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

तस्बिर : उपेन्द्र/नागरिक

बारा - नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थल निर्माण गर्नको लागि टागिया बस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने प्रतिवद्धता जनाए।

विमानस्थल निर्माण हुने स्थानमा बसोबास गरेका टागियाबासीहरुको व्यवस्थापन गर्न जरुरी रहेको र बस्ती व्यवस्थापन गरीए यसको निर्माणमा कुनै समस्या नहुने उनले बताए। टागिया बस्तीका १ हजार ४ सय ७६ घर परिवारलाई चाँडो भन्दा चाँडो व्यवस्थापन गर्न सरकारलाई नेता नेपालले सुझाव दिए। एकै पल्ट धेरै रुख काट्ने चर्चा चलाएर जनतामा भ्रम फैलाउने कार्य गरिएकोले भ्रममा नपर्न नेता नेपालले अग्रहसमेत गरे।

विमानस्थल बनाउन भन्दा अगाडि चुरे क्षेत्रमा वृक्षारोपण गर्न सुझाव दिँदै उनले विमानस्थलसँलै टाँसेर स्मार्ट सिटी बनाउन कुनै जरुरी नरहेको बताए। सिमरा, पथलैया वा वीरगञ्जमा पनि स्मार्ट सिटिको आवधारण ल्याई त्यहाँ पनि स्मार्ट सिटि बनाउन सकिने तर्क नेपालले गरे। भूमि र वनको क्षेत्राधिकार अहिले नितान्त जरुरी नरहेको भन्दै उनले प्रदेश सरकारलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा सकारात्मक पहल गर्न आग्रहसमेत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नम्बर २ मा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय सरकारले प्रदेश सरकारसँग कुनै समन्वय नगरी एक्लै हिड्न खोजेको आरोप लगाए।

 

प्रकाशित: १९ फाल्गुन २०७५ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App