१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

केमसनको अध्यक्षमा घिमिरे निर्विरोध

काठमाडौं – रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)को अध्यक्षमा सुरेश घिमिरे दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। स्वास्थ्य उपचारका रसायन तथा मेडिकल उपकरण आपूर्तिकर्ताहरूको छाता संगठन केमसनको शुक्रबार सम्पन्न १३ औं वार्षिक साधारणसभामा भएको अधिवेशनमा सम्पूर्ण पदमा निर्विरोध र्निवाचित भएको केमसनका सञ्चार तथा प्रचारप्रसार समिति संयोजक विनयराज सिग्देलले जानकारी दिए।

कार्यसमितिमा निवर्तमान अध्यक्षमा भक्त हमालसहित प्रथम उपाध्यक्षमा कविराज पोखरेल रहेका छन्। त्यस्तै, महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा अर्जुनकुमार रायमाझी र कोषाध्यक्षमा दिपक शर्मा र्निवाचित भएका छन्। यसैगरी, केन्द्रीय सदस्यहरुमा पुण्यप्रसाद नेपाल, निर्मल रेग्मी र समिर मरहट्ठा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्र्षको रहने सिग्देलले बताए। द्वितीय उपाध्यक्ष तथा ३ जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमितिले गर्ने व्यवस्था संघको विधानले गरेको छ।

गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने उद्देश्यसहित विसं २०६१ देखि सक्रिय रहेको केमसनले ७ प्रदेशमा शाखा विस्तार गरिसकेको छ भने संस्थाको सदस्य संख्या ३ सय  पुगेको छ उपभोक्तालाई सुलभ मूल्यमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल भित्रिने रसायन तथा उपकरणका सूची तथा कम्पनी दर्ताका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य सुरु भएको केमसनले जानकारी दिएको छ। ‘यसबाट खुला सिमानामा हुने अनधिकृत आयात नियत्रण हुने र गुणस्तरीय सामान मात्र आयात भई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्धताले स्थान पाउने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस संस्थाले विश्वमा भएका स्वास्थ्य उपकरणसम्बन्धी नयाँ आविस्कार र वैज्ञानिक जानकारीलाई सदस्य व्यवसायीबीच उपलब्ध गराउँंदै आएको छ।’

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App