१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शिवरात्रीको तयारी पूरा

काठमाडौं - यस वर्षको शिवरात्रीमा देश विदेशबाट गरी १० लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। शिवरात्रीको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा गत वर्षकै हाराहारीमा भक्तजनले दर्शन गर्ने पशुपति विकास कोषले जानकारी गराएकोे हो। यस वर्ष शिवरात्री फागुन २० गते परेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले यस वर्ष भारतीय भक्तजनको संख्या बढ्ने अनुमान गरिएको बताए। उनले पशुपतिनाथको दर्शन गर्न भारतबाहेक अन्य देशहरुबाट आउने भक्तजनको संख्या पनि बढेको जानकारी दिए। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय भक्तजन र साधुसन्तको संख्या बढेको छ,’ उनले भने, ‘मलेसिया, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, बेलायत, अमेरिकालगायत देशबाट हिन्दू भक्तजन आउँछन्। पशुपतिनाथको महत्व झन् झन् बढेको छ।’ शिवरात्रीकै तयारी तथा मेला आयोजना गर्न ५४ लाख रुपैयाँ विनियोजन गरिएको ढकालको भनाइ छ। उनका अनुसार कोषले भक्तजन र साधु सन्तको लागि आवश्यक व्यवस्थापन गरिसकेको छ। भक्तजनले तीनवटा ढोकाबाट बिहान ४ बजेदेखि नै दर्शन गर्न सक्नेछन्। आइतबार बेलुकीदेखि नै पुशपति क्षेत्रको सुरक्षार्थ ७ हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने छ। अराजक क्रियाकलाप रोक्न ३५ सय सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी प्रभाग गौशालाका इन्सपेक्टर सुनीलजंग शाहले जानकारी दिए।

१० लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान

उनले स्काउट समेतका गरी ५ हजार बढी सवयंसेवक खटाइने छ। ‘भक्तजनको संख्या हेरेर हामीले सुरक्षा व्यवस्था चुस्त पार्छौं,’ उनले भने, ‘यातायातका कारणले बाहिरी क्षेत्रमा कोचाकोच भयो भने सवारी साधनलाई वैकल्पिक रुटबाट पठाउने व्यवस्था मिलाउँछौं।’ दर्शनार्थीकै लागि पशुपति परिसरभित्र ठाउँ ठाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ। शिवरात्री मेला भर्न भारत, श्रीलंका, बंगलादेशबाट गरी ३ हजारभन्दा बढी साधुसन्त आइसकेका छन्। आइतबार बेलुकीसम्म ६ हजार साधुसन्त जुट्ने अनुमान गरिएको छ।

बिहानैदेखि दर्शन गर्न आउने भक्तजनका लागि गत वर्षजस्तै तीनवटा ढोकाबाट दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। बत्तीसपुतली, गौशाला हुँदै आउने दर्शनार्थीका लागि गौशाला–पिंगालास्थान, चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेशको व्यवस्था मिलाइएको छ। कोटेश्वर, एअरपोर्टतर्फबाट आउने दर्शनार्थीका लागि तिलगंगा–पिंगलास्थान हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको प्रबन्ध गरिएको छ। गुह्येश्वरी हुँदै आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–वासुकीनाग हँुदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App