१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टार र आर्मीबीच उपाधि भिडन्त

शनिबार हुने १७औं आहा रारा गोल्डकपको फाइनल प्रतिस्पर्धाको पूर्वसन्ध्यामा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा कप्तान ट्रफी उचाल्दै। पृष्ठभूमिमा माछापुछ्रे हिमाल।    तस्बिरः उमेश पुन/नागरिक

पोखरा – मोफसलको उत्कृष्ट गोल्डकपको उपमा पाएको आहा रारा गोल्डकपको १७औं संस्करणको उपाधि छिनोफानोसँगै आज शनिबार बिट मार्नेछ। उपाधिको लागि घरेलु फुटबलका दुई हस्ती रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन्। 

पोखराको मैदानमा आर्मीले सहारा क्लबद्वारा आयोजित आहादेखि आहा रारा गोल्डकपको उपाधि उचालेको छैन। आर्मी यसअघि तीन पटक फाइनल प्रवेश गरे पनि उपविजेतामा चिक्त बुझाएर फर्किएको छ। आर्मीले चौथो, सातौं र आठौ संस्करणमा फाइनल यात्रा तय गरेको थियो।

थ्री स्टार भने पोखरामा बनाएको साखलाई जोगाउँदै उपाधिमा नाम थप्ने योजनामा छ। थ्री स्टारले भने पाँचौं, नवौं र तेह्रौं संस्करणको उपाधि उचाल्दा गत वर्ष भने नेपाल पुलिसक्लबसँग पराजित हुँदै उपविजेतामा सीमित भयो। तर, थ्री स्टार यस वर्ष उपाधि उचाल्दै गतवर्षको पीडालाई भुल्ने योजनामा छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुस्लान थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले प्रतिस्पर्धा ५०–५० को स्थीतीमा रहने बताउँदै सीमित अवसरको सिर्जना हुने बताए। 

त्यसैले जसले उपयोग गयो त्यसले नै उपाधि उचाल्ने हकदार बन्ने केसीको धारणा छ। ‘दुवै टिम उत्कृष्ट छन्,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसी भने,‘ दर्शकले अपेक्षा गरेको फाइनलको रूप हेर्न पाउँछन्। एकले अर्काको नराम्रो पक्ष केलाएर मैदानमा उत्रिने छौं।’ थ्री स्टार डेढ साता अघिमात्रै भुटानबाट सीधै पोखरा पुगेको थियो। भुटानमा उपाधिविहीनको यात्रालाई पोखराको मैदानमा उपाधि उचाल्ने धोको दुवैको छ।

सशस्त्र प्रहरीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थ्री स्टार उपाधि जित्नेमा ढुक्क छ। यता, अफ्रिकन टिम डाउफिन्सको चुनौतिलाई पन्छाउँदै फाइनलसम्मको यात्रा तय गर्दा आर्मी भने निकै उत्साहित देखिएको छ। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अनुशासनमा बसेर फुटबल खेल्नु नै उपाधिको लागि हकदार भइने विश्वास व्यक्त गरे। ‘हामीले पोखरामा उपाधि उचालेका छैनौं,’ प्रशिक्षक न्यौपानेले भने,‘ यसपटक फाइनल जितेर उपाधि उचाल्ने योजनामा छौं।’ 

प्रकाशित: १८ फाल्गुन २०७५ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App