१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बौद्धिमाई नपाले ल्यायो ३५ करोडको बजेट

रौतहट– रौतहटको बौद्धिमाई नगरपालिकाले करिब ३५ करोडको बजेट ल्याएको छ। आन्तरिक समस्याका कारण बजेट प्रस्तुत गर्न नसकेको नगरपालिकाले चालू आर्थिक वर्षको लागि ३४ करोड ९० लाख ५८ हजार ३३ रुपैयाँको बजेट ल्याएको हो।

व्यापक किचलो रहेको नगरपालिकामा सबै पक्षलाई सन्तुलित गराउन केही समय ढिलो भए पनि आ.व. २०७५।०७६ का लागि नीति तथा कार्यक्रम र आय व्यय सौहाद्र्रपूर्ण वातावरणमा पेश गरी सर्वसाधारणबाट पनि स्वीकृत भएको छ। 

नगरपालिकाका मेयर राजीव रञ्जन यादवले नगर दोस्रो परिषदमा नगरपालिकाको नीति तथा कार्यक्रम घोषणा गर्दै सरसफाई, सडक, शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकता दिइएको बताएका छन्। 

भाषा साहित्य उत्थान, परम्परागत लोकसंस्कृति कलाको संरक्षण, पूर्ण खोप नगर, अनौपचारिक शिक्षा, बालमैत्री तथा लैङ्गिक कार्यक्रमहरुलाई समेत बजेटमा समेटिएको छ भने सूचना प्रविधि, बहुक्षेत्रीय पोषण तथा मातृशिशु मृत्युदरलाई कम गर्न आवश्यक कदम चाल्ने घोषणा गरिएको छ। नगरपालिकालाई प्लास्टिक मुक्त बनाउने, नगर क्षेत्रभित्र खेल मैदानको व्यवस्था, कृषि उत्पादन वृद्धि तथा सिँचाई व्यस्थापन गर्न आवश्यक नीति अवलम्बन गरिएको मेयर यादवले बताए।

प्रकाशित: १७ फाल्गुन २०७५ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App