१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शुक्रबार यती र ताराको उडान बन्द

काठमाडौं – यती र तारा एअरलाइन्सका सम्पूर्ण उडान शुक्रबार बन्द हुने भएका छन्। दुवै एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनको शोकमा एक दिनको लागि उडान बन्द गर्ने भएको हो। 

उडान बन्दा हुँदा यात्रुमा परेको असुविधाप्रति एअरलाइन्स कम्पनीले क्षमायाचना गरेको छ। शुक्रबारपछिका उडान भने तालिका अनुसार नियमित हुने कम्पनीले जनाएको छ। बुधबार काठमाडौंबाट तेह्रथुमस्थित चुहानडाँडामा प्रस्तावित विमानस्थलको अवलोकनमा गएर फर्किंदा हेलिकोप्टर दुर्घटनामा परी एअरलाइन्सका प्रबन्धक निर्देशक शेर्पाको ज्यान गएको थियो। ताप्लेजुङमा भएको दुर्घटनामा परी शेर्पासहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको निधन भएको थियो।

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App