१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डडेल्धुरा सदरमुकाममा दोस्रो पटक हिपमात

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम क्षेत्रमा फेरी हिमपात भएको छ। बुधबार हिउँ परेपछि यस वर्ष मात्रै सदरमुकाम क्षेत्रमा दोस्रो पठक हिमपात भएको हो। जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन।

तर, यस वर्ष भने फागुन महिनाको दोस्रो साता समेत सदरमुकाम क्षेत्रमा हिमपात भएको हो। डडेल्धुरा सदरमुकाम लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार रातीदेखि हिमपात सुरु भएको हो। सोमबार, मंगलबार राती र बुधबार दिउँसो भएको हिमपातका कारण चिसो ह्वात्तै बढेपछि यहाको जनजीवन प्रभावित बनेको छ।

डडेल्धुरा सदरमुकाम लगायत पहाडी लेक क्षेत्रसँगै सुदूरपश्चिमका अन्य सात वटै पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको हो। करिब दुई दशकपछि डडेल्धुरा सदरमुकाममा फागुन महिनामा बुधवार दोस्रो पटक हिमपात भएको छ।

केही दिन यता देखी भइरहेको मौसम बदली र हल्का बर्षासँगै बुधबार दिउँसो डडेल्धुरा सदरमुकाम बागबजार, खलंङ्गा, तुफानडाडा, किर्तिपसर बजार क्षेत्रमा हिमपात भएको हो। जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा भारी हिमपात भएको छ।

लामो समयपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको स्थानीयको भनाई छ। चिसो बढेपछि फागुन महिनाको दोस्रो सातामा भएको हिमपात भएपछि डडेल्धुराबासी हर्षीत भएका छन्। हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताए। 

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App