१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पृथ्वीनारायण शाहको २४८ वर्ष पुरानो उपहार जाजरकोट दरबारमा भित्र्याइयो

जनक केसी

जाजरकोट–नेपाल एकीकरणका प्रवद्र्धक मानिएका गोर्खाका राजा पृथ्वीनारायण शाहले जाजरकोटका राजा हरि शाहलाई उपहार स्वरुप दिएको २४८ वर्ष पुरानो खड्ग अर्थात तरवार शनिबार जाजरकोट दरवारमा भित्रयाइएको छ।
  विक्रम सम्वत १८२५ माघ ५ गते  जाजरकोटी राजा हरि शाहसँग मितेरी साइनो गाँसेर नेपाल एकीकरणको आफनो अभियानमा साथ दिन आग्रह गर्दै पृथ्वीनारायण शाहले  भारतको काँसीस्थित गंगा नदीको किनारमा उक्त खड्ग दिएका थिए। 

दुई राजाबीच एक अर्कालाई  सहयोग गर्ने सम्झौता भएको  र उक्त सम्झौता अनुसार नेपाल एकीकरणका बेला गोरखाली सेनाले जाजरकोटमाथि आक्रमण नगर्ने तथा जाजरकोटी सेनाले पश्चिम कब्जा गर्ने  गोरखाली अभियानमा सहयोग गर्ने  सहमति भएको इतिहास छ।  सोही सम्झौता अनुसार पश्चिम किल्ला काँगडा  कव्जाको अभियानमा गोरखाली सेनालाई जाजरकोटी सेनाले साथ दिएको  राजुराजा सिंहद्वारा लिखित जाजरकोट परिचय नामक पुस्तकमा उल्लेख छ। पुस्तकका अनुसार गोरखाली सेनालाई पश्चिमी राज्यमाथि विजय गर्न सहयोग गरेको भन्दै जाजरकोटी राज्य र राजालाई विभिन्न सम्मान तथा सहुलियत मिल्ने गरेको थियो। 

प्रत्यक वर्ष  दसैंको फुलपातीका दिन जाजरकोट राज्यको स्थापना कालका केला राजधानी रहेको जगतिपुरवाट विशेष जुलुस र फुलपाती सहित खलंगाको दरकारमा खड्ग ल्याउने परम्परा छ। सोही चलन र परम्परा अनुसार शनिकार  उक्त खड्ग दरकारमा भित्र्याइएको हो।

फुलपातीका दिन भित्रयाइएको  उक्त खडगलाई  दसैंका टीकापछिको पुर्णिमाको भोलि पल्ट पूजाआजासहित विदाइ गर्ने चलन  छ।  अष्टमी र नवमीका दिन कोका खसी र रांगालगायत विभिन्न थरीका फलफुलको वली दिँदै  बाजागाजासहित  उक्त खड्गको दसैं अवधिभर  पूजा आजा गर्ने चलन छ।

प्राचीनाकालमा राज्य र  राजाका सेनाको  मुख्य हतियारको रुपमा रहेको उक्त खड्गमा विशेष शक्ति रहेको भन्ने विस्वास रहेको जाजरकोटको इतिहास र संस्कृतिका ज्ञाता राजुराजा सिंहले बताए।  उनले  जगतिपुरवाट जाजरकोट दरवारमा   फुलपातीसहित खडग भ्यिाउँदा हाल जिल्ला प्रशासन रहेको जाजरकोट दरबारको प्रांगणमा  ठूलो मेला लाग्ने गरेपनि अहिले भने जिल्लावासीले बेवास्ता गर्न थालेको बताए।

आफनो संस्कृति इतिहास र परम्पराको जगेर्नाकालागि  नयाँ पुस्ताले चासो नदेखाउनु दुखको कुरा भएको सिंहले बताए।  दसैंको अष्टमीका दिन गर्ने कालरात्री पूजा र नवमीका दिन गर्ने मौलो पूजालगायतका गतिविधि दरबारको मुख्य आगनमा गर्ने गरिन्छ भने प्रत्यक दिन दरवारको विशेष पूजा कोठामा राखिएको उक्त खड्गलाई  जगतिपुरवाटै आएका  विशेष व्राम्हणले पूजाआजा गर्ने चलन रहेको छ। 

दरबारको आगनमा हुने विभिन्न पूजामा जाजरकोटका शाह ठकुरीहरुले मात्र खसी, बोका र रांगाको  बली हान्ने चलन  छ। परम्परा हराउँदै गएपनि ठकुरीहरुले नै चासो दिन छोडेको  स्थानीय तेजविक्रम शाहले बताए। 
 विगतमा सरकारी रकमबाट खसीबोका र रांगाको  बली  दिने चलन रहेपनि पछिल्लो समयमा पूजाआजाको चलन हराउँदै गएको  शाहले बताए।

उनले दरबारमा हुने विभिन्न तरीका पूजा र बली दिने चलन जिल्लाका शाह ठकुरीसँग जोडिएको भएपनि पछिल्लो समयमा उनीहरुकै बेवास्ता हँुदै गएको  बताए।

प्रकाशित: २२ आश्विन २०७३ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App