१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘खराब मौसमका कारण दुर्घटना’

काठमाडौं - एयर डाइनेस्टीको कलसाइन एएस ३५० भएको हेलिकोप्टरका पाइलट थिए– प्रभाकर केसी। बुधबार बिहान ८ बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको टोलीलाई लिएर उनी तेह्रथुम उडे। चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली काम सकेर ताप्लेजुङको पाथिभरा मन्दिर पुग्यो।

टोली काठमाडौं फर्किने तयारी गरिरहेको थियो। तर ताप्लेजुङको मौसम बिहानबाटै बिग्रिरहेको थियो। जसले गर्दा पाथिभरा क्षेत्रमा हिमपात भइरहेको थियो। पाथिभराबाट नउड्दै पाइलट केसीले सुकेटार विमानस्थल टावर ताप्लेजुङलाई भनेका थिए, ‘यहाँ हेभी स्नोफल (भारी हिमपात) भइरहेको छ, अहिले म उड्न सक्दिनँ।’ पाइटल केसीले जानकारी गराउँदा १२ः४० बजेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार पाइटल केसीले टावरसँग अन्तिमपटक कुरा गरेको करिब एक घन्टामा हेलिकप्टर टावरबाट सम्पर्कविहीन भयो। करिब १ः३५ मा हेलिकप्टर दुघर्टनामा प¥यो। तिवारीका अनुसार हेलिकप्टर उडेको केही मिनेटमै दुघर्टनामा परेको हो। हेलिकप्टर उडेपछि पाइलटले टावरसँग जानकारी गराएका थिएनन्। ‘हेलिकप्टर उडेपछि पाइटलले टावरसँग सम्पर्क गर्न खोज्दै थिए,’ तिवारी अनुमान लगाउँछन्, ‘सम्पर्कमा नआउँदै हेलिकप्टर दुघर्टनामा प-यो।’

प्रारम्भिक अनुसन्धानले हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको देखाएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताए। उड्डयन विज्ञहरूले मौसम बिगँ्रदाबिग्रँदै उडेकाले दुघर्टना भएको प्रारम्भिक अनुमान गरेका छन्। पाइलटले हेभी स्नोफल भएको बताउनु र हेलिकप्टर उडेको केही मिनेटमै दुघर्टना हुनुले मौसम खराब हुँदाहुँदै जबर्जस्ती गरेर उडाएको हुनसक्ने अनुमान गरिएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० को तारेढुंगा भीरमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टर दुर्घटनामा पाइलट केसीसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैयाको निधन भएको छ।

कोे हुन् पाइलट केसी
हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाइलट केसी काठमाडौं ताहाचलका बासिन्दा हुन्। केसी पाँच वर्षअघि उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। पछिल्लो तीन वर्षयता उनले एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर उडाउँदै आएका थिए। उनी हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार गर्ने पाइलटका रूपमा पनि परिचित थिए। केसी अविवाहित थिए। उनको आउँदो वैशाखमा विवाह गर्ने योजना थियो।

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App