१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योगेश भट्टराईको प्रश्न: सात जनालाई हालेर किन उडान गरियो?

काठमाडौं- नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्। 

भट्टराई कै निर्वाचन क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको घटनालाई लिएर उनी फेसबुकमा लेख्छन्, ‘भीआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन्, पाइलटहरूले। तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो? समयले उत्तर माग्छ।’

प्रकाशित: १५ फाल्गुन २०७५ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App