१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

केभिएसलाई दोहोरो उपाधि

काठमाडौं – काठमाडौं विनायक शिक्षालय (केभिएस) ले जिसाका स्पोर्ट्स मिटमा दोहोरो उपाधि जितेको छ। केभीएस सिनियर ब्वाइज कबड्डी र जुनियर ब्वाइज फुटबलमा च्याम्पियन बन्यो।

ग्रुप अफ इन्स्टिच्युसनल स्कुल फर एडिसनल को–क्युरिकलर एक्टिभिटिभ (जिसाका)द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज कबड्डी फाइनलमा केभिएसले देश तीलकलाई ३८–३२ ले पराजित गर्याे। जुनियर ब्वाइज फुटबल उपाधि भिडन्तमा केभिएसले कोलम्बसलाई ३–१ गोलले हरायो। केभिएसका नवीन रोकाया, सुदीप शेर्पा र अविरल थापा मगरले गोल गरे।

पिस प्वाइन्ट एकेडेमी, इमाडोलले तेस्रो स्थानमा चित्त बुझायो। कोलम्बसका विनय थापा उत्कृष्ट खेलाडी तथा केभिएसका निराजन भण्डारी उत्कृष्ट गोलरक्षक घोषित भए। सिनियर गल्र्स फुटबलमा पिस प्वाइन्ट स्कुल, बानेश्वर पहिलो भयो। फाइनलमा पिस प्वाइन्टले अभिषेक ज्ञान मन्दिर (एजिएम) लाई १–० गोलले पाखा लगायो। पिस प्वाइन्टकी एमी लामाले निर्णायक गोल गरिन्। 

एजिएमकी मिलि श्रेष्ठ उत्कृष्ट खेलाडी तथा पिस प्वाइन्टकी सुस्मिता गौतम उत्कृष्ट गोलरक्षक चुनिए। विजेतालाई कागेश्वरी मनोहरा एन प्याब्सन नगर कमिटीका अध्यक्ष अमृतकुमार खड्का, जिसाकाका अध्यक्ष श्याम योञ्जन, जिसाकाका सचिव सम्झना लामा, पिस व्वाइन्टकी भाइस प्रिन्सिपल कलपना न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पाँचदिने स्पोर्ट्स मिटको कबड्डीमा ५, जुनियर ब्वाइज फुटबलमा १३ र सिनियर गल्र्स फुटबलमा ६ टिम सहभागी थिए।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ००:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App