१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका ९ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ। 

गुल्मीको आर्खाबाङबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१ख ७३६६ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकमै पल्टिएको थियो। बसमा सवार ९ जना सामान्य घाइते भएका थिए। 

घटनाको जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गुल्म हेक्वा अर्घाखाँचीको टोली त्यसतर्m गएको थियो। उक्त टोलीले घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको छ। 

प्रकाशित: १४ फाल्गुन २०७५ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App