१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बीपी राजमार्गमा टाइमकार्ड लागु नगरेपछि छड्के चेकिङ

सिन्धुली- बीपी राजमार्गमा अत्याधिक दुर्घट्ना हुन थालेपछि गति सिमित गरि दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ। दैनिक दुर्घटना बढ्दै गएपछि तिब्र गतिकै कारण दुर्घट्ना भएको निष्कर्ष सहित ट्राफिक प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरि ट्राफिक व्यवस्थापनमा जुटेको हो।

प्रत्येक सवारीले टाइम कार्डमा उल्लेख भएअनुसारको समयलाई मध्यनजर नगर्दा दैनिक दर्जनौ दुर्घटना हुने गरेको भन्दै टाइम कार्डको लागु गरिएको हो। बनेपा–सिन्धुली–बर्दिबास सडक खण्ड अन्तर्गत नेपालथोकदेखि सिन्धुलीको भिमान सम्मका लागि गत दुई बर्ष अगाडीबाटै टाइमकार्ड राखिएको भएपनि राजमार्गमा चल्ने सवारीले टाइमकार्डको धन्जी उडाउदै तिब्र गतिमा सवारी चलाउँदा दैनिक दुर्घटना बढ्न थालेको थियो।

विपी राजमार्ग साघुँरो र घुमाउरो छ, त्यसैले विस्तारै सवारी हाक्नुहुन्छ सवारी चालकले भन्ने उदेश्यले प्रहरीले टाइम कार्ड लागु गरेको थियो, तर त्यस्तो नभएको गुनासो बढ्यो जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई विष्णुबहादुर बस्नेतले भने, त्यसैले हामीले छड्के चेकजाँचलाई कडाई गरेका छौ। उनले टाइमकार्ड अनुसारको नियम पालना गर्न सवारीलाई आग्रह गरिएको र छड्के चेकजाँच गरि नियमलाई मिच्नेलाई कडा कारवाही गरिएको जनाए।  चेकपोष्टमा आइपुग्दा कार्डमा उल्लेख भएअनुसारकै टाइममा आउने तर बाटोमा अत्याधिक तिब्र गतिमा गुडाउने र चिया पसल तथा होटलमा रोकेर राखेर पोष्टमा पुग्दा मात्रै नियम पालना गर्ने गरेको स्थानीयको गुनासो छ। बनेपा–सिन्धुलीमाढी–बर्दिबास सडक खण्डमा सवारीको गति लिमिट गर्नुपर्ने राजमार्ग आयोजनालेनै सुझाएतापनि पूर्वका विभिन्न स्थानबाट बीपी राजमार्ग हुदै काठमाडौं ओहोरदोहोर गर्ने सवारीले उच्छृखल ब्यवहार देखाई गति तिब्र पारेपछि टाइमकार्डलाई कडाई गर्नु परेको प्रहरीको भनाई छ।

दक्षिण एसियाकै पर्यटकीय राजमार्गको रुपमा परिचय बनाएको बीपी राजमार्गमा दैनिक सवारी बढेसँगै दुर्घट्ना समेत बढ्दै गएको प्रहरीले जनाएको छ। एक घण्टा तिस मिनेटमा आइपुग्नुपर्ने स्थानमा ७०/७२ मिनेटमै सवारी आइपुग्न थालेपछि ट्राफिक प्रहरीले राडरगन समेतको प्रयोग गरि चेकजाँच बढाएको छ। टाइमकार्ड अनुसार भिमान सिन्धुली १८ किलोमिटरमा ठूला सवारीले ४० र साना सवारीले ३० मिनेट को गतिमा गुड्नुपर्नेछ भने सिन्धुली खुर्कोट ३९ किलोमिटर सडकमा ठुला सवारीले १ घण्टा ५० मिनेट र साना सवारीले १ घण्टा ३० मिनेट लगाउनु पर्नेछ। यस्तै खुर्कोट नेपालथोक खण्डमा ठूला सवारीले एक घण्टा तीस मिनेट लगाउनुपर्नेछ भने साना सवारीले एक घण्टा १० मिनेटको गतिमा सवारी आवतजावत हुनुपर्ने टाइमकार्डमा उल्लेख छ। तर टाइमकार्डमा उल्लेख भएको समय ट्राफिक चेकपोष्टमा आइपुग्दा मात्र लागु हुने गरि सवारी चलाई विच बाटोमा तिब्र गतिमा चलाउने र होटल पसलमा रोक्दै तिब्र गतिमा गुडाउदै गर्दा दुर्घट्ना बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App