१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ग्रामीण महिला नीति बन्दै

काठमाडौं – राष्ट्रिय महिला आयोग ग्रामीण महिला नीति निर्माणको तयारीमा जुटेको छ । प्रेरणा नेपाल नामक गैरसकारी संस्थाको अवधारणालाई आत्मसात् गर्दै सो नीतिलाई अघि बढाउने प्रक्रियामा लागेको आयोगका प्रवक्ता  ध्रुवराज क्षेत्रीले बताए।

सो संस्थाले यो नीतिमा केही वर्षअघि नै गृहकार्य गरेको भए पनि आयोगले भने यो वर्षदेखि मात्र नीतिलाई आत्मसात् गरेको हो । नीतिले ग्रामीण महिलामाथिको हिंसाको कारणलाई सम्बोधन गर्ने भएकाले आयोगले आत्मसात् गरेको आयोगकी उपसचिव मीरा शेरचनले बताइन्। ‘यो नीतिले महिलामाथि हिंसा हुनुको कारण शिक्षा र आर्थिक आत्मनिर्भरको पक्षलाई सम्बोधन गर्ने देखिन्छ,’ उनले नागरिकसित आइतबार भनिन्।

नीतिलाई ठोस रुप दिने पक्षमा रहेकाले छिट्टै प्रक्रिया अघि बढाउन लागेको अयाोगले जनाएको छ । आयोगका अनुसार अर्को साता राजधानीमा प्रस्तावित ग्रामीण नीतिबारे सरोकारवालाबीच छलफल गर्ने कार्यक्रम छ। दोस्रो चरणमा प्रदेश स्तरमा नीतिको विषयमा छलफल तथा अन्तक्र्रिया गरिनेछ । यी सबै तहमा छलफलपछि नीतिलाई मन्त्रिपरिषद्मा प्रस्तावको लागि लगिने योजना रहेको छ। ‘मन्त्रिपरिषदबाट पारित भएपछि संसदमा छलफलका लागि लैजानेछौं,’ उपसचिव शेरचनले भनिन्।

प्रकाशित: १४ फाल्गुन २०७५ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App