१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

विन्दुका दुई कृति

काठमाडौं – साहित्यकार विन्दु शर्माका दुई कृति कवितासंग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र समालोचना संग्रह ‘नेपाली समालोचनाका नवीन आयाम’ सार्वजनिक भएको छ।

राजधानीमा हालै एक कार्यक्रमकाबीच त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठी, साहित्यकार ज्ञानु अधिकारी, शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेललगायतले शर्माका कृतिको लोकार्पण गरे।

समालोचक ज्ञानु अधिकारीले शर्माको कवितासंग्रह निकै सशक्त भएको र यसले समाजमा व्याप्त नारी शोषणको घतलाग्दो तरिकाले चित्रण गरेको बताइन्। अधिकारीले कविता लेख्न सजिलो नभए पनि पहिलो प्रयासमै शर्मा तिखाएको बताइन्। अर्का समीक्षक केशव सिलवालले पनि कवितामा अटाएका विषयमाथि टिप्पणी गरेका थिए।

डा. अशोक थापाले अधिकारीको समालोचना शैलीमा देखिएका राम्रा तथा केही कमजोरीहरू औल्याएका थिए। डा. सुधा त्रिपाठीले विन्दुले कवितामा व्यक्त गरेका भावहरू निकै कठोर र निर्भिक रहेको प्रतिक्रिया दिइन्। उनले लेखक शर्मालाई सकारात्मक अर्थका छुच्ची लेखकको रूपमा व्याख्या गरिन्। कार्यक्रम शिखा बुक्स र तन्नेरी द्वैमासिक पत्रिकाले आयोजना गरेको थियो। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App