बदलिँदो उपचार विधि

मङ्गलबार, १४ फागुन २०७५, ०९ : १७ डा. सुभाष पोखरेल

विज्ञान सदैव अग्रगामी हुन्छ। आजको वैज्ञानिक आविष्कारले भोलिको मार्गचित्र कोर्छ। गल्ती नदोहो-याउनु विज्ञानको मर्म हो। अनुसन्धानात्मक निष्कर्षका आधारमा मेडिकल साइन्सका प्रोटोकलहरू लेखिन्छन्, सच्याइन्छन्। केही वर्षअघिसम्म माछा/मासु नखाए शरीरलाई आवश्यक पोषण पदार्थ पुग्दैन भन्ने मान्यता थियो चिकित्सा विज्ञानमा। त्यसैअनुसारको सल्लाह दिन्थे डाक्टरहरू। तर उक्त धारणामा अहिले परिवर्तन आयो। अनुसन्धानात्मक आकडाले मांसाहारी खानाभन्दा शाकाहारी भोजन खाने मानिस बढी स्वस्थ देखाएपछि तद्नुरूपका खानपिन आचारसंहिता बनाउने निचोडमा पुग्यो मेडिकल साइन्स।

भिटामिन बि १२ चक्कीका रूपमा ग्रहण गर्ने हो भने मानव स्वास्थ्यका लागि सागसब्जी उत्तम खान्की हो भन्ने मान्यता आयो। आफ्ना युवावस्थामा माछा÷मासुबेगर बाँच्न कठिन रहेको ठान्ने र तद्नुरूप बिरामीलाई सल्लाह दिने वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितमा हाल देखिएको भेजिटेबलप्रतिको मोह विज्ञानका आविष्कारले निर्देशित सुझाव हो। हालका वैज्ञानिक अन्वेषणले जंगली कन्दमूल खाने ऋषिमुनिहरू हजारौँ वर्ष कसरी बाँचे भन्ने प्रश्नको आकार घटाउँदो छ। स्वस्थ जीवन जिउन स्वस्थ खाना खानु भन्ने सल्लाह नयाँ होइन। प्रत्येक दिन चिकित्सक तथा पोषणविद्हरूले तद्नुरूपको सुझाव दिन्छन्। तर स्वस्थ खानेकुरा भनेको के हो त ? भन्ने प्रश्न क्लिस्ट बन्दो छ। सामान्य बुझाइमा शरीरलाई आवश्यक पर्ने भिटामिन तथा मिनरलसहितका पोषणयुक्त खानालाई स्वस्थ खानेकुरा मान्ने हो। तर अन्वेषणहरूले बाँच्न आवश्यक तत्वहरू पर्याप्त भए पनि स्वस्थ जीवनका लागि त्योभन्दा धेरै कुराको आवश्यकता रहेको देखाएको छ। त्यसै सन्दर्भमा भएका अनुसन्धान उजागर गर्नु यो आलेखको लक्ष्य हो। 

इन्सुलिन भन्ने इन्जाइममा खराबी आउँदा मानिसलाई मधुमेह रोग लाग्छ। इन्सुलिनको उत्पादन न्यून हँुदा ओखती दिने चलन थियो। पछि व्यापारिकरूपले इन्सुलिन बन्न थालेपछि पर्याप्त इन्जाइम उत्पादन हुन नसकेको अवस्थामा सुइको रूपमा इन्सुुलिने चलन चल्यो। ती परिपाटी मेडिकल साइन्समा दशकौँदेखि कायम छन्। तर आधुनिक विज्ञानमा भित्रिएको क्रिस्पर प्रविधिले निकट भविष्यमा मेडिकल साइन्सको उक्त प्रोटोकललाई परिवर्तन गर्ने देखियो। छिटै नै कमसल जिनलाई सकुशल डिएनएले प्रतिस्थापन गरी चिनी रोगीले ओखती खानु नपर्ने दिन आउनेछ। वैज्ञानिक आविष्कारले उपचार विधि कसरी परिवर्तन गर्छ भन्ने उदाहरण हो उक्त वृत्तान्त।  

मानिसको बच्चा किन मान्छे नै हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले लामो समय व्यतीत गरे। बीसौँ शताब्दीको मध्यतिरको अणुवांशिक पदार्थ ‘डिएनए’ को आविष्कारले उक्त रहस्य समाधान ग-यो।

मानिसको बच्चा किन मान्छे नै हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले लामो समय व्यतीत गरे। बीसौँ शताब्दीको मध्यतिरको अणुवांशिक पदार्थ ‘डिएनए’ को आविष्कारले उक्त रहस्य समाधान ग¥यो। पुर्खामा रहेको डिएनए सन्तान दरसन्तानमा सर्दै जाने भएकाले जीवको निरन्तरता सम्भव भयो। डिएनए समान भए पनि प्रत्येक मानिसको बनोट, आनीबानी के÷कति कारणले फरक हुन्छ भन्ने एकिन गर्न अणुवांशिक पदार्थको ढाँचा एकिन गर्नुपर्ने भयो। उत्तरका लागि संयुक्त राज्य अमेरिकालगायत विकसित मुलुकहरू मिलेर अरबौँ डलर बजेटसहितको ह्युमन जेनोम प्रोजेक्ट सुरु गरे। सन् २००३ मा जेनोम प्रोजेक्टले आफ्नो काम पूरा ग-यो। उक्त अन्वेषणले अरबौँ एकाइहरू मिलेर बनेको धागोरूपी डिएनएमा रहेका हजारौँ जिनहरूको बनोटको अध्ययन सहज भयो। कुन जिनमा आएका खराबीले के÷कस्ता रोग लाग्छन् भन्ने कुरा खोट्याउन सजिलो भयो। हजारौँ वैज्ञानिकले डिएनएको बनोट र रोगको अन्तरसम्बन्ध स्थापित गरे। बच्चाको डिएनएको अध्ययनले जीवनको उत्तरावस्थामा उसलाई कस्तो किसिमको रोग लाग्ला भन्ने कुराको ठोकुवा गर्ने अवस्था आयो। जस्तो कि ब्राका जिनमा खराबी देखिएको बालिकालाई पछिल्लो समयमा स्तनको क्यान्सर देखिन्छ भनेर एकिन गर्न सक्ने अवस्था देखियो। 

यसरी एउटा जमातका लागि जिन र रोगबीचको अन्तरसम्बन्ध स्थापित गर्न वैज्ञानिकहरू सफल भए। तर अर्को पक्षको हकमा भने डिएनएको बनोटका आधारमा साइन्टिस्टहरूको आकलन असफल देखियो। जिनको आधारमा रोगी हुनुपर्ने मानिस हट्टाकट्टा देखिए भने स्वस्थ हुनुपर्ने मानिस ओछ्यानमा थलिएको पाइए। डिएनए ठीक भए मानिसमा कुनै पनि किसिमको रोग लाग्दैन भन्ने मान्यता भत्कियो। अणुवांशिक पदार्थ तन्दुरुस्त भए पनि मानिस स्वस्थ नहुन सक्छ भन्ने मान्यताले थप अनुसन्धानका लागि घच्घच्यायो। 

शरीरमा रहेका मानवीय कोषहरूभन्दा झण्डै १० गुणा अधिक सूक्ष्म जीवाणुहरू हाम्रो पाचन प्रणालीमा रहन्छन् भन्ने वैज्ञानिक आकलन छ। जीवाणुको आकार मानवीय कोषभन्दा सूक्ष्म हुने भएकाले तिनीहरूको वजन भने न्यून हुन्छ। त्यसरी आन्द्रामा रहने विभिन्न प्रजातिका सूक्ष्म जीवाणुको समूहलाई बोलचालको भाषामा ‘गट ब्याक्टेरिया’ तथा माइक्रोबायोम भनिन्छ। अचम्मको कुरा त औँठा छाप जस्तै प्रत्येक मानिसमा पाइने गट ब्याक्टेरियाको संख्या र बनोट फरक फरक हुन्छ। तसर्थ, माइक्रोबायोमले फरेन्सिक साइन्समा नयाँ अध्याय खोल्ने देखिएको छ। तिनै सूक्ष्म जीवाणुले गर्दा डिएनएको बनोटका कारण रोग लाग्ने आकलन गरिएको मानिस स्वस्थ जीवन व्यतीत गरेको देखियो भने स्वस्थ हुनुपर्ने मानिस रोगी भएको पाइएको छ। डिएनए खराब भए पनि गट ब्याक्टेरियाको बनोट उचित भएको खण्डमा मानिसका धेरै रोगहरू स्वतः निस्तेज हुन्छन् भन्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ। त्यसैले मानिसलाई स्वस्थ बनाउन गट ब्याक्टेरियाको बनोट कसरी सशक्त बनाउने भन्ने चुनौती देखिएको छ। कमसल किसिमको माइक्रोबायोमलाई कसरी अबल दर्जाको गट ब्याक्टेरियामा रूपान्तरण गर्ने भन्ने विधि आयुविज्ञानको नवीन विद्याका रूपमा भित्रँदो छ। 

गट ब्याक्टेरियाको बनोट उचित भएको खण्डमा के÷कति कारणले मानिसको शारीरिक प्रतिरक्षा प्रणाली सशक्त बन्छ भन्ने सम्बन्धमा हालसम्म भएका अनुसन्धानलाई युनिभर्सिटी अफ् अकल्यान्ड र हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले सहजीकरण गरी गत महिना समीक्षात्मक लेख प्रकाशन गरे। मानिसको पुर्खा, खानपिन तथा वातावरणले मानिसको गट ब्याक्टेरियाको बनोट निर्धारण गर्ने भएकाले प्रत्येक मानिसका पेटका जीवाणु फरक फरक हुन्छन्। पेटमा हजारौँ किसिमका ब्याक्टेरिया रहनेमात्र होइनन्, त्यसमध्येका केही जीवाणु खराब प्रकृतिका हुन्छन् भने कुनै असल। गुणी ब्याक्टेरियाको प्रभुत्व रहेको माइक्रोबायोमले मानिसको वजन नियन्त्रित गर्ने, अनि मानसिक चिन्ताबाट मुक्त गर्नेमात्र होइन, विभिन्न किसिमको इन्फेक्सनबाट जोगाउन सक्छ भने बैगुनी गट ब्याक्टेरियाले मानिसलाई बहुआयामिक पीडा दिने देखियो। त्यसैले के÷कस्तो बानी÷व्यवहारले आफ्नो गट ब्याक्टेरिया असल बन्छ भनी चासो हुनु अस्वाभाविक भएन

मानिसको माइक्रोबायोममा खानपिनको के भूमिका रहन्छ भन्ने तथ्यका लागि हालै प्रकाशित एउटा अनुसन्धानको विवेचना सान्दर्भिक हुन्छ। केही महिनाअघि संयुक्त राज्य अमेरिकाका उत्खननकर्ताहरूले अदुवा सेवनले हाम्रो शरीरमा के÷कस्तो प्रभाव पार्छ भनी व्यवस्थित अध्ययन गरी सेल प्रकाशनको ‘होस्ट एन्ड माइक्रोब जर्नल’ मा अनुसन्धानात्मक निष्कर्ष प्रकाशन गरे। प्रारम्भिक चरणमा मुसामा गरिएको उक्त अनुसन्धान मानिसको हकमा समेत त्यत्तिकै ठोस हुने कुरामा अनुसन्धानकर्ता विश्वस्त देखिए। मसलाका रूपमा प्रयोग हुने अदुवाका विषयमा भएको अनुसन्धान हाम्रा लागि सान्दर्भिक हुने देखियो। अदुवा खाँदा त्यसमा पाइने रासायनिक पदार्थले पेटमा रहने ‘ल्याक्टोब्यासिलेसिया’ नामक ब्याक्टेरियाका धेरै जिनलाई क्रियाशील गराएको पाइयो। ती जिनको सक्रियताले पेटमा रहेका गट ब्याक्टेरियाको समूहलाई पुनर्संगठित गर्नु अस्वाभाविक भएन। उक्त परिवर्तित माइक्रोबायोमले ठूलो आन्द्रामा देखिने पीडादायी अल्सरको प्रभाव न्यून गर्न मद्दत गर्ने देखियो। अदुवा सेवन गरी माइक्रोबायोमको समुचित व्यवस्थापन गर्नसके पेटका रोग कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उदाहरण भयो यो। 

मिर्गाैला खराब भएको मानिसलाई स्वस्थ मानिसले आफ्नो किड्नी दान गरेर तन्दुरुस्त बनाएझँै निकट भविष्यमा गट ब्याक्टेरिया दान रोग निदानको साधन बन्ने देखियो।

त्यस्तै फरक अनुसन्धानमा युनिभर्सिटी अफ सिकागोका न्युरोबायोलोजिस्ट संग्राम सिसोडिया नेतृत्वको अनुसन्धान टोलीले अनुसन्धानका क्रममा एन्टिबायोटिक्सको प्रयोगमार्फत गट ब्याक्टेरियाको समीकरण परिवर्तन गरे। त्यसरी पेटका सूक्ष्म जीवाणुको बनोट परिवर्तन गर्दा अल्जाइमर्स रोगको प्रभावसमेत न्यून भएको देखे उनीहरूले। यसरी माइक्रोबायोमको बनोट परिवर्तनले अल्जाइमर्स जस्तो भयानक नशाको रोग पनि ठीक भएको देख्दा पेटका कीराको बनोट परिवर्तन निकट भविष्यमा रोग निदानको तेजिलो हतियार सावित हुने देखियो।  

गत महिना प्रतिष्ठित सञ्चार गृह बिबिसीले विभिन्न अनुसन्धानलाई संश्लेषण गरी मानिसमा लाग्ने विभिन्न रोगको निदान गट ब्याक्टेरियाको बनोट परिवर्तन गरी गर्न सकिने अवधारणामात्र सार्वजनिक गरेन, बरु व्यक्तिको नामै तोकेर फलानो व्यक्तिको माइक्रोबायोम सशक्त भएकाले उसको पेटमा रहेका सूक्ष्म जीवाणुहरू अर्को मानिसमा प्रत्यारोपण गरी रोगको निदान गर्ने संभाव्यता सार्वजनिक ग-यो। मिर्गाैला खराब भएको मानिसलाई स्वस्थ मानिसले आफ्नो किड्नी दान गरेर तन्दुरुस्त बनाएझँै निकट भविष्यमा गट ब्याक्टेरिया दान रोग निदानको साधन बन्ने देखियो।  

माइक्रोबायोमको सन्तुलनले विभिन्न रोगबाट बच्न सक्ने देखिँदा आखिरमा के÷कस्तो आहारबिहारले पेटलाई असल जीवाणुको घर बनाउन सकिन्छ भनी कौतुहलता हुनु अन्यथा भएन। अहिलेसम्मको अध्ययनले शाकाहारी भोजन त्यसमा पनि दूध÷दहीलगायतका कुनै पनि प्राणीजन्य उत्पादन सेवन नगर्ने ‘भेगन’ को माइक्रोबायोम अबल दर्जाको देखायो। प्रशोधित भोजनले पेटका कीराको सन्तुलन विपरित धारमा पु¥याउने भएकाले तयारी खाना खाने बानीमा परिवर्तन गर्न आवश्यक देखियो। मांसाहारी भोजनलगायतका तामसी पेय पदार्थसमेत स्वस्थ माइक्रोबायोम निर्माणमा सहयोगी हुने देखिएन। आफ्नो माइक्रोबायोमको सन्तुलन उद्याहरणीय बनाउन सके अहिलेको नाफामुखी युगमा त्यसैको व्यापारमार्पmत पनि धनी हुने दिन नआउला कहाँ भन्न सकिन्छ र ?







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad