१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसी – उद्यमशील महिला महासंघ सम्झौता

काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले महिलालाई उद्यमशील बनाउन सहयोग गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरी ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक गरेको छ। सोसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र महासंघ अध्यक्ष देविका बुढाथोकीले आइतबार हस्ताक्षर गरेको बैंकले जनाएको छ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रममा आवश्यकता अनुसार महासंघका प्रतिनिधिले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायत आधारमा एनआइसी एसियाले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा दुई लाखदेखि १० लाखसम्म उपलब्ध गराउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

यो सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियत कर्जा योजनामा योगदान पुग्ने विश्वास बैंकले लिएको छ। 
एनआइसी एसियाले मुलुकभर दुई सय ७७ शाखा कार्यालय, दुई सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ। यसको वासलातको आकार दुई सय १५ अर्बभन्दा बढी, कुल निक्षेप एक सय ७१ अर्ब तथा कर्जा एक सय ४९ अर्ब पुगेको छ। बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App