१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीद्वारा बरादम काठ फिर्ता

खोटाङ – खोटाङमा प्रहरीले बरामद गरेको काठ सम्बन्धित वन उपभोक्ता समूहको जिम्मा जमानीमा छाडिएको छ। जन्तेढुंगा गाउँपालिका–५, चिसापानीस्थित देउराली चुनियापानी सामुदायिक वनबाट बिनापुर्जी निकासी भइरहेको अवस्थामा बरामद तीन ट्याक्टर काठ सब–डिभिजन वन कार्यालय (चिसापानी)ले उपभोक्ता समूहको जिम्मा जमानीमा छाडेको हो।

सामुदायिक वनबाट निकासीका क्रममा फागुन २ गते इलाका प्रहरी कार्यालय (चिसापानी)ले बरामद गरेको काठ छानबिन पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामार्फत उपभोक्ता समूहको जिम्मा जमानीमा छाडिएको डिभिजन वन कार्यालयका प्रमुख ललितकुमार कर्णले बताए। ‘काठ निकासीका विषयमा अहिलेसम्म पनि अनुसन्धान गरिरहेका छौं,’ कर्णले भने, ‘छानबीनको काम पूरा नभएसम्मका लागि सो काठ उपभोक्ता समूहको जिम्मा जमानीमा छाडिएको हो।

बिनापुर्जी र कागजात ट्याक्टरमा हालेर गाउँमा लैजाँदै गरेको साल र सल्लाका काठ तथा दाउरा प्रहरीले चिसापानीकै खुटाबाट बरामद गरेको हो। प्रहरीले उक्त काठ सब–डिभिजन वन कार्यालयमा बुझाएको थियो। तर जन्तेढुंगा गाउँपालिकाको पहलमा सम्बन्धित व्यक्तिलाई काठ फिर्ता गरिएको वडा नम्बर ५ का अध्यक्ष रामकुमार श्रेष्ठले बताए। ‘भूकम्पपीडितको आवास निर्माणका लागि वनको काठ निकालिएको रहेछ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘पीडितले पुर्जी ल्याएर देखाएपछि काठ फिर्ता गराएका हौं।’

चिसापानीकै सिद्धकुमार परियार, बलभद्र कोइरालासहित तीन जना भूकम्पपीडितका आवास निर्माणका लागि २० क्युबिक फिट काठ निकालिएको वडाध्यक्ष श्रेष्ठले जनाए। वन उपभोक्ता समूहको टाँचा, छोडपुर्जी, नजिकको वन कार्यालयबाट खटिएका कर्मचारीले प्रमाणित गरेको लगत वा छोडपुर्जी नभेटिएपछि प्रहरीले काठ तथा ट्याक्टर नियन्त्रणमा लिएर सब–डिभिजन वन कार्यालयलाई बुझाएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App