१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आरती स्ट्रिप्स सातौं धरान रन हुने

काठमाडौं – आरती स्ट्रिप्स धरान रन १० के–नेवा च्यारिटी रन आयोजना हुने भएको छ। यो फागुन २५ गते हुने दौडमा पाँच हजारले भाग लिने आयोजकले जनाएको छ। 

आरती स्ट्रिप्स सातौं धरान रनको उद्देश्य समाजलाई सुन्दर, स्वच्छ र स्वास्थ्य बनाउनु हो। ‘स्वस्थ शरीर र स्वच्छ धरान’को नारा दिएर सात वर्षअघि सुरु भएको धरान रन कार्यक्रम अहिले समाज सेवामा एउटा बृहत् अभियान भइसकेको कम्पनीले जनाएको छ। 

धरान रनले दुवै हात र खुट्टा नभएका भोजुपरका बालक सञ्जीव राईलाई दुई लाख ५० हजारको अक्षय कोष स्थापना गरिदिएको छ। ६ वर्षयता बर्सेनि धरान रन–नेवा च्यारिटी रन आयोजना गरिरहेको छ। पछिल्लो पटक छैटौं संस्करणमा दुई हजार पाँच सयभन्दा बढीले यो दौड प्रतियोगितामा भाग लिइसकेको आरती स्ट्रिप्सले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App