१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पाका दुई स्थानमा बम बिस्फोट

रोल्पा – रोल्पामा शुक्रबार राति २ स्थानान बम बिस्फोट गराइएको छ। सुनिल स्मृती गाउँपालिकाको रुईनिवाङमा रहेको नेपाल टेलिकमको टावर र सोहि गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा बिस्फोट गराइएको हो।

यो समाचार तयार पार्दासम्म बम बिस्फोटको जिम्मा कसैले नलिएपनि बिप्लव नेतृत्वको नेकपाले बिस्फोट गराएको हुन सक्ने प्रहरी अनुमान छ। रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बम बिस्फोटको पुष्टी गरेका छन्।

‘पूर्वी रोल्पाको रुईनिवाङ बजार नजिक रहेको एनटीसीको टावर र गजुलमा रहेको एनसेल टावरमा बिस्फोट भएको छ।’ उनले भने, ‘रुईनिवाङमा रहेको एनसेलको छेउमा एनटीसी टावरमा बिस्फोट भएको छ। बिस्फोटबाट टावरमा रहेका ब्याट्री लगायतका सामाग्रीहरूमा क्षति पुगेको प्रहरीले बताएको छ।

देशका बिभिन्न स्थानमा रहेका एनसेल टावरमा बिस्फोट भएका छन् तर, रोल्पाको रुईनिबाङमा एनटीसी टावरमा पनि बिस्फोट गराइएको छ। बिस्फोट गराउनेले एनसेल भनेर छेउमा रहेको एनटीसीमा बिस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App