१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बम विस्फाेटमा परी घाइते मध्ये एककाे मृत्यु

काठमाडौं - ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको बम विष्फोटमा परी घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार विष्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रताप गुरुङको उपचारको क्रममा ज्यान गएको हाे। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएकाे छ।

शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र  अरूषा मनान्धर पनि घाइते भएकी थिइन्। शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम पनि नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App