१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भनेको नमन्दा सचिवको सरुवा : मन्त्री मगर

काठमाडौं – खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने क्रममा आफूले तयार पारेको ‘फरमुला’ बमोजिम काम नगरेका कारण खानेपानी मन्त्रालयका सचिवको सरुवा गरिएको बताएकी छन्।

प्रतिनिधिसभाको शुक्रबार बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सोधेको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना पलस सिएमसी कम्पनी इजकल्टु काठमाडाैँ बासी नेपाली जनता’ भन्ने फरमुलाभित्र सचिवले काम गरेको पाइनँ।’ मन्त्रिपरिषदको सोमबारको बैठकले खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई जगेडा समूहमा सरुवा गरेको थियो।

मन्त्री मगरले मेलम्ची आयोजनाले तुलनात्मक रूपमा धेरै फड्को मारेको बताइन्। ‘मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सिएमसीको लापरबाहीले उल्लेखनीय काम गर्न सकेनौं’, उनले भनिन्, ‘काम अन्तिम चरणमा पुगेको छ, केही समयभित्र काम सम्पन्न गरेर काठमाडौंवासीलाई पानी उपलब्ध गराउन लागेका थियौं। सिएमसी कम्पनीले छाडेर गएपछि काम स्थगित भएको छ।’

सिएमसीलाई पुनः बोलाउने काम गर्दा ढिलाइ भएको उनले बताइन्। पटकपटक समितिमा छलफल भएबमोजिम सिएमसीलाई नै जिम्मा दिन सरकार तयार भएको उनले जानकारी दिइन्। मन्त्री मगरले भनिन्, ‘सिएमसी कम्पनी आउँछ भने हामीले नेपाली ‘भन्डोर’ को समस्या समाधान गर्न सक्छौं। सिएमसी आउँछ भने छिटो काम सम्पन्न गर्छौंै। सिएमसी विधिसम्मत आउनुपर्छ।’ 

प्रकाशित: ११ फाल्गुन २०७५ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App