१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कमलपोखरीमा पनि बम फेला

काठमाडौं– काठमाडौंको कमलपोखरीमा बम फेला परेको छ। ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट भएलगत्तै कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन रेष्टुरेण्टको बाहिरी भागमा बम फेला परेको हो।

कमलपोखरी प्रहरी वृत्तका प्रमुख डिएसपी रवीन्द्र पौडेलका अनुसार सेनाको बम डिस्पोजल टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजको प्रयास गरिरहेको छ। बम फेला परेपछि यो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

घटनाको थप विवरण आउन बाँकी छ। यसअघि भैंसेपाटीस्थित एनसेन कार्यालय अगाडि बम विस्फोट हुँदा ३ जना घाइते भएका थिए। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: १० फाल्गुन २०७५ १५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App