१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल उपर्युक्त गन्तव्य हो, लगानी गर्न आउनुस् : अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। ब्रिटिस एक्सपर्टिज इन्टरनेसनल (बीईआई) ले आयोजना गरेकोे कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए।

नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रूपमा विकास गरेकाले त्यसैमार्फत ठूला व्यवसायी तथा लगानीकर्तालाई सोही बोर्डमार्फत एकद्वार सेवा उपलब्ध गराउने उनले स्पष्ट पारे। लगानी सम्मेलनबाहेक वैदेशिक लगानी प्रर्वद्धनका नियमित क्रियाकलाप के–के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले विदेशस्थित नेपाली नियोगलाई आर्थिक कूटनीतिको लागि परिचालन गर्ने बताए। साथै सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेभसाइटमार्फत लगानी प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने स्पष्ट पारे। सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेटमार्फत यसको सम्बोधन गर्ने विषयमा संघमा आबद्ध संस्थालाई प्रस्टसमेत उनले पारे।

सम्बन्धित कानुन परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवद्र्धन गर्ने मैत्रीपूर्ण वातावरण निर्माण गरेको उनले बताए। कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाए। चैत १५ र १६ गते नेपाल ठूला लगानीकर्ता आकर्षित हुन भन्ने उद्देश्यका साथ लगानी सम्मेलनको पूर्वतयारीस्वरूप खतिवडा बेलायत गएका हुन्।

 

प्रकाशित: १० फाल्गुन २०७५ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App