१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कीर्तिपुरमा बालसाहित्य महोत्सव हुँदै

काठमाडौं - फागुन १८ गते कीर्तिपुरमा बाल साहित्य महोत्सव हुने भएको छ। कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीको तत्परतामा ‘दोस्रो किर्तिपुर बाल साहित्य महोत्सव २०७५’ हुन लागेको हो। महोत्सवलाई कीर्तिपुर नगरपालिका, शिल्पी थिएटर, कथालय र बालकला संग्रहालयले सहआयोजकको रूपमा सघाएका छन्।

बालबालिका लक्षित यस्ता महोत्सव खासै नहुने नभएकाले आफूहरूले अघिल्लो वर्षदेखि बाल साहित्य महोत्सव आयोजना गर्न थालेको आयोजक संस्था क्रिएटिभ एकेडेमीका खगेन्द्र गौतमले जनाए। बालबालिकामा पठन संस्कृति बढाउने, आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गौतमले बताए। महोत्सवमा नाटक, थिएटर, नृत्य, बहस, छलफल, कथाबाचन, कविता लेखनलगायत दुई दर्जन कार्यक्रम हुनेछन्। त्यस्तै बालबालिकासँग कलाकार नीर शाह, निकिता चन्डक र सम्पादकहरूले आआफ्नो क्षेत्रका अनुभव सुनाउनेछन्।

 

प्रकाशित: १० फाल्गुन २०७५ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App