१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे उल्लेख गरेका छन्। प्रधानमन्त्रीले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्। 

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट उनी विजय भएका थिए। केही दिन अघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। उनको पार्थिव शरिरमा पार्टीका नेताहरूले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App