१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१ रनकाे राेमाञ्चक जित निकाल्दै महेन्द्रनगर डीपीएलकाे क्वालिफायरमा

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) को इलिमिनेटर खेलमा १ रनको रोमाञ्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सलाई अन्तिम ओभरमा जितका लागि ५ रनको आवश्यकता रहेको अवस्थामा ३ रन जोड्दा ३ विकेट गुमाएपछि महेन्द्रनगर रोमाञ्चक जित निकाल्न सफल भएको हो। महेन्द्रनगरका लागि अन्तिम ओभर लिएर आएका अविनाश बोहराले कसिलो बलिङ गर्दै एक विकेट लिए भने २ खेलाडी रन आउट भए। जितसँगै महेन्द्रनगरले दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ।

महेन्द्रनगरले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन मात्रै जोड्न सक्यो। मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा रुपन्देही झिनो अन्तरको हार व्यहोर्न बाध्य भयो। रुपन्देहीका बाबर हयात र प्रदिप ऐरीले समान २८ रन बनाउँदा विनोद भण्डारीले २३ रन बनाए। महेन्द्रनगरका अविनाश बोहराले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन जोडेको थियो। महेन्द्रनगरका कप्तान शरद भेष्वाकरले अविजित रहँदै सर्वाधिक २९ तथा शुव्रमनियन आनन्दले २० रन बनाए। यस्तै मोहम्मद नाविदले १८ रन बनाए। रुपन्देहीका ललित भण्डारीले ४, पुनित मेहराले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए। प्रतियोगिताको दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ।

 

प्रकाशित: ९ फाल्गुन २०७५ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App